
काठमाडौं । अमेरिकी राष्ट्रपति ट्रम्पको साथ पाएर विश्व बजारलाई प्रभावित गर्न खोजेका एलन मस्कले पछिल्लो दुई महिनाको अवधीमा ठूलो रकमबराबरको सम्पति गुमाउन पुगेका छन् ।
भारतको प्रसिद्ध धनाढ्य व्यवसायी तथा उद्योगी मुकेश अम्वानीले जीवनभरमा जति कमाएका थिए, त्यो रकमबराबरको सम्पति मस्कले दुई महिनामै गुमाउन पुगेका छन् ।
मस्क संसारकै सबैभन्दा धनी व्यवसायी मानिन्छन् । सन् २०२५ मस्कको लागि त्यति फलदायक नभएको अन्तर्राष्ट्रिय विश्लेषणहरुले औंल्याएका छन् ।
सन् २०२५ को जनवरी र फेब्रुअरी महिनामा मात्रै मस्कले ८९.४ अर्ब अमेरिकी डलरबराबरको सम्पति गुमाइसकेका छन् । भारतको उद्योगपति अम्बानीको कूल सम्पति ८५ अर्ब अमेरिकी डलरबराबर छ ।
बिहिबार वालस्ट्रिटमा टेक शेयरको गिरावट हुँदै गर्दा टेक इण्डस्ट्रिजसँग जोडिएका विश्व प्रसिद्ध अर्बपतिको सम्पतिमा ठूलो परिमाणमा गिरावट आएको थियो । मस्कले पनि ६.३३ अर्ब अमेरिकी डलरको झड्का खाएका थिए ।
टेस्लामा शेयरमा ३ प्रतिशतभन्दा बढी गिरावट आएपछि मस्कले ठूलो रकमबराबरको सम्पति गुमाउनु परेको थियो । टेस्ला मस्कको कार उत्पादन गर्ने कम्पनी हो ।
उता अमेजनको संस्थापक जेफ बेजोसले पनि ४.९६ अर्ब अमेरिकी डलरबराबरको घाटा व्यहोर्नु पर्यो । यसले गर्दा बेजोसको अमेजन कम्पनीले शेयरबजारमा २.६२ प्रतिशतले घाटा व्यहोर्नुपरेको थियो ।
यो बर्षको सबैभन्दा बढी आम्दानी गरेका सामाजिक सञ्जाल फेसवुकको संस्थापक मार्क जुकरवर्गले ५.३० अर्ब अमेरिकी डलरबराबरको घाटा व्यहोर्नु पर्यो । उनको कम्पनी मेटा प्लेटफर्मले शेयरबजारमा २.२९ प्रतिशतले गिरावट व्यहोर्नुपरेको थियो ।
ब्लूमबर्ग बिलेनियर इण्डेक्सका अनुसार जुकरवर्गले यो वर्ष आफ्नो नेटवर्थमा २४.९ अर्ब अमेरिकन डलर थपेका छन् । योसँगै उनी २३२ अर्ब अमेरिकन डलरको नेटवर्थका साथ संसारको दोश्रो धनी व्यक्तिको रुपमा सूचीकृत भएका छन् ।
एनवीडियाले उठायो सबैभन्दा ठूलो झट्का
रिर्पोटका अनुसार चिप निर्माता एनवीडियाको शेयर क्रयास भएको छ । एनवीडियाको शेयरको मूल्य ८.५ प्रतिशतले खसेको छ। यसले गर्दा एनवीडियाले आफ्नो बजारबाट २७४ बिलियन अमेरिकी डलर गुमाउन पुगेका छन् ।
यसको प्रत्यक्ष असर यो कम्पनीको मालिक जेनसेन हुआंङमाथि परेको छ । यसले गर्दा सम्पति गुमाउने सबैभन्दा टप लुजर्समा जेनसेन परेका छन् । जेनसेनले ९.३२ अर्ब अमेरिकी डलरबराबरको नोक्सानी व्यहोरेका थिए ।
ओरेकलको लैरी एलिसन पनि सम्पति गुमाउने अग्रपंक्तिमा परेका छन् । उनी सम्पति गुमाउने सूचीमा दोश्रो नम्बरमा परेका छन्। एलिसनले ७.१० अर्ब अमेरिकी डलरबराबरको नोक्सानी व्यहोरेका छन् ।
यस्तै डेलको माइल डेलले पनि ५.७५ अर्ब अमेरिकी डलरबराबरको सम्पति गुमाउन पुगेका छन् ।
सुपर बिलेनियरमा २४ धनाढ्य
यसैबीच सुपर बिलेनियरमा २४ धनाढ्य उद्योगी व्यवसायी परेको प्रतिवेदन पनि सार्वजनिक भएको छ ।
जसअनुसार संसारको सबैभन्दा ठूलो धनाढ्यको सूचीमा एलन मस्क, जेफ बेजोस, मार्क जुकरवर्ग, वारेन बफेटसहित भारतको मुकेश अम्बानी, गौतम अडानीको नाम पनि सूचीकृत भएको छ ।
वांलस्ट्रिट जर्नलको एक रिर्पोटका अनुसार एलन मस्क संसारकै सबैभन्दा धनी व्यक्तिमा दरिएका छन् । योसँगै संसारभरको सबैभन्दा धनाढ्य व्यक्तिहरुको सूचीमा एउटा नयाँ क्याटोगरी पनि थपिएको छ ।
यो नयाँ क्याटोगरी भनेको त्यो हो, जसको नेटवर्थ ५० अर्ब अमेरिकी डलरभन्दा बढी छ ।
वांलस्ट्रिट जर्नलको सूचीमा यस्तो २४ जना धनाढ्य सूचीकृत भएका छन् । जसमध्ये १६ सेन्टी बिलेनियर धनाढ्य परेका छन् । अर्थात कूल सम्पति १०० अर्ब अमेरिकी डलरभन्दा बढी छ ।
एउटा अमेरिकी परिवारको औसत सम्पतिको तुलनामा २० लाख दोब्बर बढी छ मस्कको नेटवर्थ
टेस्ला, स्पेसएक्स र न्यूरालिंकजस्ता कम्पनीको मालिक एलन मस्क छन्, जो संसारको सबैभन्दा ठूलो धनी व्यक्ति पनि हुन् । मस्कसँग एक अमेरिकी परिबारसँग भएको कूल सम्पतिको तुलनामा २० लाख दोब्बरभन्दा बढी सम्पति छ ।
यो सूचीमा भारतको मुकेश अम्बानी र गौतम अडानी पनि सामेल छन् । रिलायन्स इण्डस्ट्रिजको चेयरम्यान अम्बानीको कूल सम्पति ९०.६ अर्ब अमेरिकी डलर छ । तर ब्लूमबर्ग बिलेनियर इण्डेक्सअनुसार अम्बानीसँग अहिले ८४.९ अर्ब अमेरिकी डलरबराबरको सम्पति छ ।
अडानीसँग भने ७४.८ अर्ब अर्ब अमेरिकी डलरबराबरको सम्पति छ । तर ब्लूमबर्ग बिलेनियर इण्डेक्सअनुसार उनीसँग ६५.४ अर्ब अमेरिकी डलरबराबरको सम्पति छ ।
सुपर बिलेनियरको संख्यामा पछिल्लो समयमा ठूलो परिवर्तन आएको छ । सन् २०१४ मा सुपर बिलेनियरको कूल सम्पति अर्बपति धनाढ्यको सम्पतिको तुलनामा ४ प्रतिशत मात्रै थियो ।
पछिल्लो समयमा यो ४ प्रतिशत बृद्धि भएर १६ प्रतिशतभन्दा बढिमा पुगेको छ । सुपर बिलेनियरमा परेका २४ धनीको कूल सम्पति ३.३ ट्रिलियन अमेरिकी डलरबराबर छ । जुन आँकडा फ्रान्सको जीडीपीबराबर हो ।
यसमध्ये अधिकाँश आईटी क्षेत्रसँग जोडिएका छन् । जसमध्ये मस्क, जेफ बेजोस, मार्क जुकरवर्ग र लैरी एलिसन पनि पर्छन् ।
सम्पति गुमाउने विश्वका १० चर्चित धनाढ्य
१. एलन मस्क : ८९.४ अर्ब अमेरिकी डलर
२. लैरी पेज : १५.४ अर्ब अमेरिकी डलर
३. सर्गी ब्रिन : १४.३ अर्ब अमेरिकी डलर
४. गौतम अडानी : १३.९ अर्ब अमेरिकी डलर
५. चाङपेंग हुआङ झाओ : ११.८ अर्ब अमेरिकी डलर
६. जेनसेन हुआङ : ११.८ अर्ब अमेरिकी डलर
७. माइक सेबेल : १०.९ अर्ब अमेरिकी डलर
८. माइक बांब पेंडर : १०.९ अर्ब अमेरिकी डलर
१०. जेफ बेजोस : ८.०१ अर्ब अमेरिकी डलर
–स्रोत: ब्लूमबर्ग बिलेनियर इण्डेक्स
प्रतिक्रिया