हत्याको अभियोगमा एकजना पक्राउ

119
Shares

काठमाडौं । प्रहरीले हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ ।

काठमाडौंको सुकेधारास्थित धोबीखोला करिडोर नजिक बुधबार मृत अवस्थामा भेटिएका ५० वर्षीय अड्विर राईको हत्याको अभियोगमा जिल्ला प्रहरी परिसर, काठमाडौंले शुक्रबार दोलखाको मेलुङ्ग गाउँपालिका–६ स्थायी घर भएका २९ वर्षीय विराट ठकुरीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेका शाही बा ४ ख ५९९३ नम्बरको गाडीमा सह–चालकका रुपमा काम गर्दै आएका थिए । उनलाई प्रहरीले भक्तपुरको सल्लाघारीमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको थियो ।

अड्विरको हत्यापछि उनको शव नभेटियोस् भन्ने उद्देश्यले धोबीखोला करिडोर नजिक फोहोरले छोपेको पाइएको थियो ।