
काठमाडौं । धादिङमा पानीको ट्याङ्कर दुर्घटना हुँदा घाइते भएका दुईजनाको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा परी थप दुई जना गम्भिर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गल्छी गाउँपालिका ३ स्थित दामघाटबाट पानी बोकेर गुप्तेश्वर मन्दिरतर्फ जाँदै गरेको ०१-००४ क ३३५२ नम्बरको ट्याङ्कर दुर्घटना भएको थियो ।
ट्याङकर ब्याक गर्ने क्रममा सडकबाट ५०० मिटर तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा परी गुजुरी ६ का १८ वर्षीय प्रशान्त चेपाङ र सोही ठाउँका २० वर्षीय जयराम चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा मृत्यु भएको हो ।
दुर्घटनामा परी गजुरी गाउँपालिका ६ का १९ वर्षीय सिरिश चेपाङ र सोही ठाउँका १७ वर्षीय सुरेश चेपाङ गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।








प्रतिक्रिया