
काठमाडौं । नेपालका लागि बिवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बिवाईडी हाई-टेक वीक २०२५ को घोषणा गरेको छ ।
पहिलोपटक आयोजना हुन लागेको यो विशेष कार्यक्रमले विद्युतीय सवारी (ईभी) र अत्याधुनिक प्रविधि अनुभव गर्ने तरिका नै परिवर्तन गर्ने कम्पनीको दाबी छ। फेब्रुअरी २७ देखि मार्च २ सम्म काठमाडौंको एभरेस्ट होटलमा आयोजना हुने यस कार्यक्रमले आगन्तुकहरूलाई नयाँ ऊर्जा सवारी र दिगो प्रविधिहरू नजिकबाट अनुभव गर्ने अवसर प्रदान गर्नेछ ।
भविष्यको यात्रातर्फ अभूतपूर्व कदम बिवाईडी हाई-टेक वीक २०२५ केवल प्रदर्शनी मात्र नभई, ईभी प्रविधि, एआई एकीकरण र नयाँ ऊर्जा समाधानहरूलाई एउटै छानामुनि ल्याउने महत्वपूर्ण कार्यक्रम हुने दाबी गरिएको छ । यसले उद्योग व्यवसायी, ईभी बिक्रेता, प्रविधि प्रेमीहरू र सर्वसाधारणको उपस्थिति रहने छ ।

यो कार्यक्रममा सहभागीहरूले हाई-टेक इन्टरएक्टिभ जोनहरू, बिवाईडीको को ब्लेड ब्याट्री प्रविधि, डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम, इ-प्लेटफम 3.0, डुअल मोड अफ-रोड , उन्नत चालक सहायता प्रणाली (एडास) र गाडीभित्रको एआईलाई प्रत्यक्ष अनुभव गर्ने अवसर पाउनेछन् । नेक्स्ट-जेन सवारी प्रदर्शन,बिवाईडीका नवीनतम र आउँदै गरेका ईभी मोडेलहरू प्रत्यक्ष रूपमा अवलोकन गर्ने र तिनको कार्यक्षमता तथा दिगोपन सम्बन्धी नवीनतम प्रविधिहरू बुझ्ने मौका पाउनेछन् । स्मार्ट मोबिलिटीको भविष्यबारे वास्तविक-समय प्रविधि प्रदर्शनको लाइन डेमोन्स्ट्रेसन हुनेछ ।
विशेषज्ञ प्रवचन तथा प्यानल छलफल हुनेछ । ईभी प्रविधि र नयाँ ऊर्जा सवारीको भविष्यबारे उद्योगका अग्रणी विज्ञ, इन्जिनियर, तथा दिगोपन अभियानकर्ताहरूबाट जानकारी प्राप्त गर्ने अवसर पाइनेछ ।

नयाँ उत्पादन अनावरण हुनेछ । नयाँ बिवाईडी मोडेलहरू र आउँदै गरेका नवीनतम प्रविधिहरू सर्वप्रथम अवलोकन गर्ने विशेष अवसर पाइनेछ । परिवारमैत्री गतिविधिहरू हुनेछ । सबै उमेर समूह का लागि रोचक गतिविधिहरू, जसले परिवार र प्रविधि प्रेमीहरूका लागि यो कार्यक्रम अझ रोमाञ्चक बनाउनेछ ।
कम्पनीका अनुसारनेपालमा विद्युतीय सवारीको भविष्यको आधारशिला बिवाईडी हाई-टेक वीक २०२५ ले नेपालको हरित ऊर्जा यात्रालाई गति दिनुका साथै ईभी प्रविधिमा नवीनता ल्याउने लक्ष्य राखेको छ ।
साइमेक्स इंक प्रालिका अध्यक्ष यमुना श्रेष्ठले यो बिवाईडीको नेपालमा मिनि अटो शो नै रहेको बताइन् । यसमा बिवाईडी सार्क,बाओ फाइभ,डेन्जा, याङवाङ यु८ र जेड नाइ जिटी प्रदर्शनीमा राखिनेछ । याङवाङ यु ८ सुपरकार हो । यीमध्ये डेन्जा नेपालमै राखिनेछ । उनले
प्रतिक्रिया