
काठमाडौं । नेपाल पुलिस क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब केपी ओली कप च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
ललितपुर सादोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलको पुलिसलाई २-० गोलले पराजित गर्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो ।
आर्मीका नवयुग श्रेष्ठ र दिनेश योन्जनले एकएक गोल गरे । नवयुगले १९औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । यता दिनेशले ८१औं मिनेटमा गोल गरेका हुन् ।
आजको दोस्रो खेल दिउँसो ३ बजे आयोजक केपी ओली एफसी र न्यूरोड टिमबिच प्रतिष्पर्धा हुनेछ । फागुन १८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा आजदेखि सुरु भएको प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन् ।
प्रतिक्रिया