
काठमाडौं । विगत ९ वर्ष देखि हेलमेटको मार्केटमा आफ्नो छुट्टै पहिचान बनाइरहेको हेल्मेट्स नेपालले यामाहा नेपालसँग व्यापारिक सहकार्य सम्बन्धी सम्झौता गरेको छ ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा हेल्मेट्स नेपाल र यामाहा नेपाल बिच सम्झौता भएको हो । सम्झौता अनुसार अब यामाहा मोटरसाइकलको शोरुमहरुमा हेल्मेट्स नेपालको पनि आउटलेट रहने छ ।
जहाँ हेल्मेट, सेफ्टी गियर र एसेसोरिजहरु उपलब्ध हुनेछन् । पहिलो चरणमा काठमाडौंका शोरुमहरु टेकु, महाराजगंज र गठ्ठाघर भक्तपुरमा हेल्मेट्स नेपालको आउटलेटहरु रहने छन । नक्शाल स्थित यामाहाको ब्लु स्क्वायर शो रुममा भने एक्सचेन्जको सुविधा उपलब्ध रहने छ । आगामी दिनहरुमा यो सुबिधाहरुलाइ थप बिस्तार गर्दै लैजाने कुरा हेल्मेट्स नेपालका प्रवन्ध निर्देशक सजल जोशीले बताए ।
यामाहा नेपाल र हेल्मेट्स नेपालको यो सहकार्यले नेपालमा रोड सेफ्टी र राइडिङ कल्चर अझै परिस्कृत रुपमा परिभाषित हुने विश्वास लिइएको छ । ग्राहकहरुले एउटै छानामुनि मोटरसाइकल, हेल्मेट, सेफ्टी गियर र राइडिङ एसिसोरिजहरुको सुविधा प्राप्त गर्न गर्नेछन् । यस अघि नै आफ्नो २ अत्याधुनिक शोरुममार्फत सेवा प्रदान गर्दै आएको हेल्मेटस नेपालले अब कुल ६ स्थानहरुबाट सेवा प्रदान गर्नेछ ।
प्रतिक्रिया