
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको विरोध गरेको भन्दै दुधकोसी जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विमल गुरुङलाई हटाउन मन्त्रालय पत्र लेखेको छ ।
सीईओ गुरुङले मन्त्री विरुद्ध गैर जिम्मेवारी ढंगले समाचार सम्प्रेषण गरेको भन्दै उनलाई हटाउन मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पत्र लेखेको हो ।
गुरुङले सामाजिक सञ्जालमा मन्त्री विरुद्ध टिप्पणी गरेर लेखेका थिए । सचिवस्तरीय निर्णय गरेर उनलाई जिम्मेवारीबाट हटाउन आग्रह गर्दै पत्र लेखिएको छ ।
सञ्चालक समितिको बैठकमा समेत हटाउन आग्रह गरेपनि नहटाएपछि मन्त्रालयले पत्र लेखेर हटाउन निर्देशन दिएको हो ।
नेपाल सरकार
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
(कर्मचारी प्रशासन शाखा)
श्री कार्यकारी निर्देशकज्यू,
नेपाल विद्युत प्राधिकरण, दरबारमार्ग, काठमाडौ ।
गोप्य
विषयः जिम्मेवारीबाट हटाउने वारे
मितिः २०८१/११/०८
तहाँ प्राधिकरण अन्तर्गत संचालित दुधकोशी जलविद्युत आयोजनाको प्रमुख कार्यकारी अधिकृत, श्री विमल गुरुङले मन्त्रालय र यस मन्त्रालयका मा.मन्त्रीज्यूका वारे सामाजिक संजालमा गैर जिम्मेवार ढंगले समाचार संप्रेषण गरेको हुँदा निजलाई सो जिम्मेवारीबाट तत्काल हटाउने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण संचालक समितिको बैठकमा समेत छलफल भै निर्देशन समेत भै सकेकोमा निजलाई हालसम्म पनि सो जिम्मेवारीबाट नहटाएको भन्ने बुझिन आएको हुँदा निजलाई तत्काल सो जिम्मेवारीबाट हटाई यस मन्त्रालयलाई सो को जानकारी गराउनुहुन मिति २०८१/११/८ को सचिवस्तरको निर्णयानुसार अनुरोध छ ।
बोधार्थः
मा.ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीज्यूको निजी सचिवालय ।
यज्ञ प्रसाद सुवेदी शाखा अधिकृत
प्रतिक्रिया