आज सोमबार: कर्कटलाई कृषिमा लगानी गर्नु शुभ, वृश्चिकलाई सेयर बजार उपयुक्त

280
Shares

आदरणीय दर्शकवृन्द शुभ प्रभात ! म ज्योतिष अनुप खतिवडा ।

समयको खेल, ग्रहहरूको चाल र जीवनका रहस्यहरूलाई उजागर गर्ने हाम्रो यस यात्रामा, तपाईंलाई मार्गदर्शन गर्न हामी पुनः उपस्थित भएका छौँ । आशा छ, आजको दिन तपाईंको जीवनमा नयाँ आशा, उत्साह र सकारात्मक ऊर्जा बोकेर आएको छ । अब, ग्रहहरूको संकेतलाई बुझ्दै, आजको भविष्यफलको सुन्दर संसारतर्फ अघि बढौं ।

सुरू गरौं आजको पञ्चांगबाट ।

आज मिति विक्रम संवत् २०८१ साल फागुन १२ गते सोमबार तदनुसार इस्वि संवत २०२५ फब्रुअरी २४ तारिख ।
शक संवत् १९४६ । नेपाल संवत् ११४५ सिल्लागा।
कालयुक्त नाम संवत्सर, सूर्य उत्तरायाण शिशिर ॠतु ।
फाल्गुण कृष्णपक्ष एकादशी तिथि बिहान १०: ४८ मिनेट सम्म (आज बिजया एकादशी व्रत) त्यसपछी द्वादशी ।
पूर्वाषाढा नक्षत्र दिउँसो ४:३७ बजेसम्म, त्यसपछि उत्तराषाढा ।
सिद्धि योग ०७:५६ बजेसम्म, त्यसपछि व्यतीपात ।
चन्द्रमा धनु राशिमा आनन्दादी योग उत्पात ।
आज सूर्योदय बिहान ६ बजेर ३५ सूर्यास्त साँझ ६ बजे हुनेछ ।

सुरु गरौं, मेषदेखि मीनसम्म आजको राशिफल ।

मेष:
लगानीमा सावधानी अपनाउनुहोस् । स्वास्थ्य र स्टार्टअप क्षेत्रका सेयरमा राम्रै भए पनि जग्गा जमिनमा तपाईंलाइ घाटा छ । कानुनी मामिलामा ध्यान दिनुहोस् । आफन्तले नै अदालतको ढोकासम्म पुर्याउन सक्छ्न् ।

जीवनसाथीसँग पनि समझदारी घट्ने छ । आजको दिन खास तपाईंको लागि उपयुक्त छैन । स्वास्थ्यमा पेट र पाचन समस्याको सम्भावना छ । यसका लागि “ॐ बृं बृहस्पतेय नमः” मन्त्र जपेर गुरु बृहस्पति देवताको पूजा गर्नुहोस् । आर्थिक समस्यामा “ॐ श्रीं महालक्ष्म्यै नमः १००८ पटक जप गर्नुस् । हरियो र उतर दिशा शुभ हुन् । कालो र दक्षिण दिशा अशुभ ।

अंक ज्योतिष को आधार मा मेष राशिका लागि शुभ अंक: २ र ७, हुन् भने ५ र ९ अंक अशुभ रहेका छन् ।

वृष:

आजको दिन लगानीमा ध्यान दिनुहोस् । बहुमूल्य धातु, सुन, चाँदी, हस्तकलाका क्षेत्रमा लगानी गर्नु शुभ हुनेछ । स्वास्थ्यमा ग्यास्ट्रिकको समस्याले पीडा दिन सक्छ । सेयर बजारमा कृषि र खनिज क्षेत्रले निश्चित लाभ दिनेछ । कानुनी मामिलामा सतर्क रहनुहोस् । सन्तानको शिक्षा र प्रगतिको सम्भावना राम्रो देखिन्छ। सन्तानलाई भने स्वास्थमा समस्या आउने छ जस बाट बच्न “ॐ गं गणपतये नमः”१०८”पटक मन्त्र जपेर गणेश भगवानको उपासना गर्नुहोस् ।

आज तपाईंका लागि सेतो रंङ शुभ रहेको छ अशुभ रंङ निलो हो भने शुभ दिशा: उत्तर, अशुभ दिशा: पश्चिम ।

अंक ज्योतिषको आधारमा: आत्मविस्वासका लागि २ को अंक शुभ हो, आर्थिक कारोबारका लागि ५ अंक
अशुभ अंक: भने ४,र ८ हुन् ।

मिथुन

व्यवसाय र पेसागत क्षेत्रमा आज सफलताको योग छ ।
लेखन, पुस्तक व्यवसाय, सञ्चार क्षेत्रमा गरेको लगानीले फाइदा पुग्ने छ। स्वास्थ्यमा दिमागी थकान वा तनाव महसुस हुन सक्छ । कानुनी मामिलामा ध्यान दिनुहोस् । तल्लो तहका कर्मचारीले घात गर्न सक्छ्न्। सन्तानको पढाइ र प्रगति सामान्य हुनेछ । जीवन साथीको कचकचले मानसिक तनाव हुन सक्छ । समस्या समाधानको मन्त्र ॐ नमो भगवते वासुदेवाय, रहेको छ जसलाई १०८ पटक जप्नु होस् । वा शिव मानस पाठ गर्नुस् ।
मिथुन राशिका लागि शुभ रङ: हरियो, अशुभ रङ: कालो रहेको छ भने शुभ दिशा: पूर्व, अशुभ दिशा: दक्षिण रहेका छ्न।
अङ्क ज्योतिषको आधारमा: ३ को अंकले जीवनसाथीसँग सामिप्यता बढाउँछ भने ८, को अंकले तपाईंको भाग्य वृद्धि गर्ने छ अशुभ अंक: ५ र ७ रहेका छन् ।

कर्कट

कृषि, भवन निर्माण, काठ उद्योग मा लगानी गर्नुस् निक्कै फाइदा पुग्ने छ। सेयर बजारमा कृषि र खनिज लगायतमा ध्यान दिनुहोस् । सन्तान लेनिकै प्रगति गर्ने देखिन्छ।

जीवनसाथीसँगको सम्बन्धमा मतभेद हुन सक्छ । मानसिक समस्यामा “ॐ सोम सोमाय नम : ” मन्त्र जपेर चन्द्रमाको उपासना गर्नुहोस्।

सेतो रंङले भाग्य चम्काउछ भने, कालो रंगले तपाईंलाई निराश बनाउने छ ।

कर्कट राशिका लागि शुभ दिशा: पश्चिम, अशुभ दिशा: उत्तर रहेको छ भने। अंक ज्योतिषको आधारमा: शुभ अंक: ४र ७, अशुभ अंक: १,र ५ रहेका छन्

सिंह

आज सिंह राशिका लागि व्यवसाय र पेसागत क्षेत्रमा राम्रो अवसर प्राप्त हुनेछ । प्रशासन, सरकारी काम, बन्ने छन् । नयाँ सम्झौतामा हस्ताक्षर हुनेछ । औषधि स्वास्थ क्षेत्रमा भने ठूलो रकम खर्च हुनेछ। माता पिताको स्वास्थले भने अलिक असजिलो बनाउने छ।

जीवनसाथीसँग समझदारी बढ्ने छ। ॐ ह्रां ह्रीं ह्रौं सः सूर्याय नमः। सूर्य भगवानको उपसना गर्नु लाभदायक छ ।

शुभ रङ: सुन्तला हो भने अशुभ रङ: निलो हो
शुभ दिशा: पूर्व हो भने अशुभ दिशा: उत्तर।
अंक ज्योतिष: शुभ अंक: ५,र२, रहेका छ्न भने अशुभ अंक: ३ र ७ हुन् ।

कन्या:

आजको दिन व्यवसाय र पेसागत क्षेत्रमा चुनौतिहरू आउनेछन्। प्रस्ट भन्दा खास आजको दिन तपाइको लागि अनुकुल छैन स्वास्थ्यमा मानसिक तनाव र थकान महसुस हुनेछ । सेयर बजारमा प्रौद्योगिकी र मेडिकल क्षेत्रले पनि तपाईंलाई समस्या दिने छन् । आज परिवार तथा पुराना साथीको सहयोगले मन प्रशन्न हुनेछ । मानसिक समस्यामा “ॐ गं गणपतये नम वा ॐ बुं बुधाय नमः। मन्त्र जप गरेर मुंगको दाल दान गर्नुस् ।

शुभ रङ: हरियो, अशुभ रङ: सेतो रहेको छ ।
शुभ दिशा: उत्तर, अशुभ दिशा: दक्षिण।
अंक ज्योतिष: शुभ अंक: ६, ३, अशुभ अंक: ५, ८।

तुला:
आज कार्यमा सफलता मिल्नेछ । नयाँ क्षेत्रमा जस्तै ( गीत संगित र मनोरञ्जनको क्षेत्रमा ) लगानी गर्नु निकै फाइदा हुनेछ कृषि र स्वास्थ क्षेत्रमा भने लगानी सुरक्षित हुने छैन । स्वास्थ्यमा हल्का थकान वा मानसिक दबाब महसुस गर्न सकिन्छ । जीवनसाथीसँगको सम्बन्धमा तेति राम्रो समय बित्नेछैन।| ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नम :। दुर्गा पूजा ले राम्रो गर्ने छ।
शुभ रङ: गुलाबी, अशुभ रङ: हरियो,
शुभ दिशा: उत्तर, अशुभ दिशा: दक्षिण।
अंक ज्योतिष: शुभ अंक: १, ९, अशुभ अंक: ३, ७।

वृश्चिक:
कानुनी मामिलामा चुनौतीपूर्ण दिन हुनेछ । खनिज, अनुसन्धान, औषधिजन्य र स्वास्थ्यमा क्षेत्रमा लगानी गर्दा फाइदा हुनेछ । शारीरिमा समस्याहरू हुन सक्छ। सेयर बजारमा भने पुर्वाधार को क्षेत्रमा फाइदा देखिन्छ। जीवनसाथीसँगको सम्बन्धमा तनाव हुनेछ।सामाधान को लागि “ॐ गं गणपतये नमः” मन्त्र जपेर गणेश भगवानको उपासना गर्नुहोस्।
: रातो शुभ रङ हो भने , अशुभ रङ: कालो
शुभ दिशा: पूर्व रहेको छ भने , अशुभ दिशा: पश्चिम रहेको छ
अङ्क ज्योतिषको आधारमा : शुभ अंक: २र ७ हुन , अशुभ अंक: ४र ५ हुन् ।

धनु:
आजको दिन निर्णय लिन सजिलो हुनेछ । शिक्षा, अध्यात्म, यात्रा व्यवसायमा लगानी गर्दा धेरै राम्रो छ । स्वास्थ्यमा शरीरको कमजोरी महसुस हुन सक्छ । आर्थिक मामिलामा सुधार आउने छ । गुरु बृहस्पतिको पूजा उपसना लाभ मिल्ने छ।
शुभ रङ: पहेलो रहेको छ भने अशुभ रङ: कालो रहेको छ
शुभ दिशा: दक्षिण, अशुभ दिशा: उत्तर।
अङ्क ज्योतिषको आधारमा : शुभ अंक: ३र ५, हुन भने अंक: ८ र, ९ को अङ्क देखि टाढा रहनुहोस।

मकर:
आज लगानीमा जोखिम लिनु उचित हुनेछ। आजको दिन तपाईं सफल बन्ने दिन हो । स्वास्थ क्षेत्रमा लगानी गर्दा भने सचेत रहनु होस। स्वास्थ्यमा पाचनसम्बन्धी समस्याहरू हुन सक्छ। जीवनसाथीसँगको सम्बन्धमा समझदारी बढ्ने छ। मानसिक समस्यामा बंगलामुखी स्तोत्र पाठ गर्नु तपाइको लागि लाभदायक हुनेछ” मन्त्र जपेर आफ्ना गुरु वा जेस्ठनागरिक को आशिर्वाद लिनुस ।
शुभ रङ: ध्वासे हो भने अशुभ रङ: रातो
शुभ दिशा: पश्चिम , अशुभ दिशा: उत्तर
अङ्क ज्योतिषको आधारमा : शुभ अंक: ४,र ८ हुन भने , अशुभ अंक: १,र ७ रहेका छ्न।

कुम्भ:
कानुनी मामिलामा समस्या आउन सक्छ। स्वास्थ्यमा आँखाको समस्या उत्पन्न हुन सक्छ। नवीन प्रबिधिमा लगानी गर्नु राम्रो हुनेछ। सेयर बजारमा ऊर्जा र ईन्भेस्टमेन्ट क्षेत्रमा भने सावधानी अप्नाउनुस । बिस्वास गरेको मान्छे बाट धोखा हुनेछ। “ॐ शं शनिश्चराय मन्त्र १०८ जप गर्नुस ” भगवानको उपासना गर्नुहोस्।
शुभ रङ: नीलो, अशुभ रङ: लाल,
शुभ दिशा: दक्षिण, अशुभ दिशा: पूर्व।
अङ्क ज्योतिष: शुभ अंक: २ र ९, हुन भने अशुभ अंक: ५र ८ हुन

मीन:
व्यावसायीक रूपमा राम्रो अवसर प्राप्त हुनेछ । स्वास्थ्यमा माइग्रेन वा सिर को दुखाइ हुनेछ । आर्थिक मामिलामा अघि बढ्नको लागि समुचित योजना बनाउनुहोस् । कार्यलय संचालनमा नयाँ योजना बनाउनु होस् । जग्गा जमिन र अनलाइन खेलबाट मानसिक समस्यामा आउने छ । “ॐ गं गणपतये नमः” मन्त्र जपेर गणेश भगवानको उपासना गर्नुहोस्।
शुभ रङ: गुलाबी, अशुभ रङ: हरियो रहेको छ ।
शुभ दिशा: उत्तर, अशुभ दिशा: दक्षिण रहेको छ ।
अङ्क ज्योतिषको आधारमा शुभ अंक: १ ले तपाईको आत्माबिस्वास बढाउँछ भने ६ ले आर्थिक उन्न्तति गराउने छ । अशुभ अंक: ४,र ७ रहेका छ्न् ।

Skip This