कुम्भबाट फर्किने क्रममा स्कार्पियो दुर्घटना : ४ जनाको मृत्यु, ६ गम्भीर घाइते

4.7k
Shares

कञ्चनपुर । भारतको उत्तर प्रदेशस्थित प्रयागराज (कुम्भ) स्नान गरेर फर्किने क्रममा स्कार्पियो गाडी दुर्घटना हुँदा सप्तरीको कञ्चनरुप नगरपालिका–३ का चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना गम्भीर घाइते भएका छन्।

शुक्रवार उत्तर प्रदेशको गोरखपुरमा विपरीत दिशाबाट आइरहेको ट्र्याक्टर र कञ्चनरुपका भक्तजन सवार स्कार्पियो आपसमा ठोक्किँदा चार जनाको घटनास्थलमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–७ का शिक्षक उपेन्द्र नारायण चौधरी र उनकी श्रीमती लिलादेवी चौधरी, कञ्चनरुप–७ का पर्शुराम चौधरी, कञ्चनरुप–५, पिपरा पूर्वका जितु यादवकी श्रीमती हरिहरदेवी यादव तथा सुनसरीको कुशाहा गाउँपालिका–१ की समतोलिया देवी यादव रहेका छन्।

घटनामा शिक्षक उपेन्द्र चौधरी, जितु यादव लगायत छ जना गम्भीर घाइते भएका छन्। उनीहरूलाई गोरखपुरको स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डीएसपी महेन्द्र नेपालले घटनाबारे औपचारिक जानकारी आउन बाँकी रहेको र थप विवरण संकलन भइरहेको बताएका छन्।