सैनिक मञ्च टुँडिखेलमा मनाइयो राष्ट्रिय प्रजातन्त्र दिवस (फोटोफिचर)

63
Shares

काठमाडौं । नेपाली सैनिक मञ्च टुँडिखेलमा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ सम्पन्न भएको छ ।

दिवसका अवसरमा टुँडीखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति राम सहाय यादव, प्रधानमनत्री केपी शर्मा ओली लगायत उच्च पदस्थ व्यक्तिको उपस्थिती रहेको थियो ।

यस्तै प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री, मन्त्रीगण, सांसदहरू, संवैधानिक निकायका प्रमुख र पदाधिकारी, नेपाल सरकारका उच्चाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि, समाजका विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको थियो ।

कार्यक्तममा विभिन्न झाकी प्रस्तुतगरीएको थियो भने नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीद्धारा विभिन्न मार्च पास परेड तथा नृत्य प्रस्तुत गरेका थिए । समारोहमा उपत्यकाका विभिन्न नगरपालिकाका तर्फबाट सांस्कृति झाँकी तथा लाखे नाच, तेक्वान्दो खेल प्रस्तुत गरिएको थियो ।

सोही अवसरमा नेपाली सेनाको हेलिकोप्टरबाट राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ अङ्कित ब्यानर प्रदर्शन गरी पुष्पवृष्टि एवं रङ्गीचङ्गी बेलुनहरू उडाइएको थियो । समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाल स्काउटद्वारा ‘मार्चपास’ र ‘ब्याण्ड’ प्रस्तुत गरिएको थियो ।

विसं २००७ को क्रान्ति सफल भएर निरङ्कुशताविरूद्धको बलिदानीपूर्ण सङ्घर्षको परिणामस्वरूप मानवअधिकार तथा राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान स्वरूप प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँदैछ । तस्विर-रासस

Skip This