कुम्भ मेलाबाट फर्किंदै गरेको गाडी दुर्घटना, तीन नेपालीको मृत्यु

399
Shares

काठमाडौं । भारतको महाकुम्भ मेलाबाट फर्कदै गरेको गाडी दुर्घटनाहुँदा तीन जना नेपालीको मृत्युु भएको छ भने ५ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका-९ का ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दीपा खनाल र ४० वर्षीया गिता शर्मा रहेका छन् ।

दुर्घटनामा चालकसहित पाँच जना घाइते भएका छन् । घाइते हुनेमा देवदह-९ भलुहीका कोपिला पोखरेल, सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र गाडी चालक भारतीय नागरिक रितेश दुबे रहेका छन् । उनीहरुलाई उपचारका लागि गोरखपुर पठाइएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार कुम्भ मेलाबाट फर्किंदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ बाराणसीमा डिभाइडरमा ठोक्किएर गाडी दुर्घटना भएको थियो । युपी ५३ एफडी ४२८८ नम्बरको गाडी डिभाडरमा ठोक्किएर दुर्घटना भएको बताइएको छ ।