
काठमाडौं । दारी भाईको चिया पसलले पूरानो बानेश्वरमा चौथो आउटलेट खोलेको छ ।
करिब चार वर्ष पहिले यो चिया पसलको सुरुवात शंखमुलबाट सुरु भएको थियो । शंखमुल,कालोपुल, बसुन्धरामा यस अघि नै आउटलेट खुलिसकेका छन् । युवाहरुको समूहको लगानीमा यो चिया पसल खुलेको हो ।

लोकप्रिय दारी भाइको चिया पसलले पूरानो बानेश्वरमा आउटलेट खोलको हो । आउटलेट खुलेको अवसरमा सोमबार एक रुपैयाँमा चियाँ खान पाइनेछ । १ रुपैयाँको सिक्का अनिवार्य लिएर आउनुपर्ने शर्त राखिएको छ । बिहान ८ बजे आउटलेटको उद्घाटन हुँदैछ ।
चिया पारखीहरुका लागि लक्षित गरेर सस्तो मूल्यमा गुणस्तरीय र स्वादिष्ट चियाको स्वाद लिन पाउने दाबी गरिएको छ ।

पूरानो बानेश्वरमा खुल्न लागेको आउटलेट भव्य छ । पार्किङको समेत राम्रो व्यवस्था छ । दारी भाईको चिया पसल चिया पारखीहरुका लागि उपयुक्त गन्तव्य हुन सक्छ । स्वदेशमा केहि गर्नुपर्छ भन्ने मनाशय राखेर यो चिया पसल खोलिएको हो ।
प्रतिक्रिया