![](https://clickmandu.com/wp-content/uploads/2025/02/melamchi-babarmahal-768x432.jpg)
काठमाडौं । काठमाडौंको बबरमहलमा बुधवार दिउँसो विद्युत प्राधिकरणले भूमिगत विद्युतीकरणको काम गर्ने क्रममा फुटेको मेलम्ची खानेपानी आयोजनाको पाइप मर्मतको काम सुरु भएको छ ।
बुधवारबाट नै काम सुरु गरेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । उक्त पाइप फुट्दा बुधवार दिउँसो बबरमहल क्षेत्र डुबानमा परेको थियो ।
प्राधिकरणले ड्रिलिङको काम गर्दा पाइप फुटेको थियो । पाइप फुटेपछि करिब ४ घण्टासम्म पानी बग्दा बबरमहल क्षेत्र नै डुबानमा परेको थियो।
प्रतिक्रिया