काठमाडौं । नेपाल विद्युत प्राधिकरणका सञ्चालक बलबहादुर पराजुलीले राजीनामा दिएका छन् ।
नियुक्त दिएको २ महिना नपुग्दै उनले राजीनामा दिएका हुन् । व्यक्तिगत कारण देखाएर उनले ऊर्जामन्त्री समक्ष राजीनामा दिएका हुन् । उनी एमालेको कोटाबाट पुस ३ गते नियुक्त भएका थिए । स्रोतका अनुसार अनावश्यक विवादमा नपर्ने भन्दै राजीनामा दिएका हुन् ।
ऊर्जामन्त्री दीपक खड्काले पुस ३ गते लक्ष्मण केसी र बलबहादुर केसीलाई नियुक्त गरेका थिए ।
केसीको नियुक्ति बदरका लागि अन्तरिम आदेश माग गर्दै जनार्दन जोशीले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । केसीको सञ्चालक हुन योग्यता नपुगेको शर्माको दाबी छ । पुस २६ गते शुक्रबार श्यामकुमार भट्टराई र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले रिटमा अन्तरिम आदेश जारी गरेको हो ।
पाटन उच्च अदालतले अन्तरिम आदेश दिएसँगै केसीले यो मुद्दा किनारा नलागेसम्म प्राधिकरणको सञ्चालकको रुपमा काम कारबाही गर्न पाउने छैनन् ।
ऊर्जा मन्त्री खड्काले नियुक्त गरेका दुवै सञ्चालक बाहिरिएका छन् ।
प्रतिक्रिया