![](https://clickmandu.com/wp-content/uploads/2025/02/one-way-768x418.png)
काठमाडौं । काठमाडौं महानगरपालिकाले हाँडीगाउँ क्षेत्रका ७ सडकलाई वानवे(एकतर्फी) बनाउने भएको छ ।
यातायात आवागमन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र सहज बनाउन काठमाडौं महानगरपालिका वडा नं. ५ हाँडीगाउँ अन्तर्गत सडकमा एकतर्फी सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ ।
महानगरपालिकाको भवन व्यवस्था समितिको २०८१ पुस ५ गतेको निर्णयानुसार २०८१ फागुन ७ गतेबाट लागू हुने गरि यी सडकमा एकतर्फबाट मात्र सवारी साधन सञ्चालन हुने व्यवस्था गरिने जानकारी दिएको छ ।
हाँडीगाउँ क्षेत्रका यी सडक हुने छन् वानवे
१) काठमाडौँ महानगरपालिका वडा नं. ५ अन्तर्गत थटु मार्गबाट वडा कार्यालय भीमसेन मार्ग, हात्ती महाङ्काल मार्ग-हाडीगाउँ मार्गतर्फ मात्र प्रवेश गर्न पाउने ।
२) विशालनगर तर्फबाट आउने सवारी साधनहरूलाई भीमसेन मार्ग हुँदै वडा नं. ५ कार्यालयतर्फ जान प्रवेश निषेध गरी हात्ती महाङ्काल तर्फमात्र प्रवेश गर्न पाउने ।
३ ) हाँडीगाउँ हुँदै ढुङ्गेधारातर्फ सोझो प्रवेश निषेध गरी सवारी साधनहरूलाई थटु मार्ग तर्फबाट पठाउने ।
४) नक्साल भाटभटेनी तर्फबाट आउने सवारी साधनहरू वडा नं. ५ को कार्यालयबाट थटु मार्गतर्फ प्रवेश निषेध गरी भीमसेन मार्गतर्फ मात्र जान पाउने ।
५) ढुङ्गेधाराबाट हात्ती महाङ्कालतर्फ प्रवेश निषेध ।
६) वडा नं. ५ कार्यालयको दक्षिणतर्फबाट गहना पोखरीतर्फ प्रवेश निषेध ।
७) बाल मन्दिर तर्फबाट टंगाल जाने कैलाश मार्गमा बालमन्दिर तर्फबाट मात्र प्रवेश गर्न पाउने र टंगालबाट प्रवेश निषेध ।
प्रतिक्रिया