![](https://clickmandu.com/wp-content/uploads/2025/01/guardian-life-768x487.jpg)
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्म १ करोढ १५ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको छ ।
गत आवको सोही अवधिमा कम्पनीले ३ लाख २ हजार ७७० रुपैयाँ नाफा कमाएको थियो । यो अवधिमा कम्पनीले ११ करोड ८७ लाख ५० हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । जुन गत आवको सोही अवधिमा ५३ लाख २० हजार रुपैयाँ रहेको थियो ।
कम्पनीको लगानी तथा कर्जाबाट हुने आय २ करोड ५४ लाख ५४ हजार रुपैयाँ पुगेको छ । कम्पनीको खुद आय १५ करोड ३ लाख ३ हजार रुपैयाँ रहेको छ ।
चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ ७७ लाख ८४ हजार रुपैयाँ रहेको छ ।
प्रतिसेयर आम्दानी ४ रुपैयाँ ४१ पैसा रहेको छ ।
प्रतिक्रिया