सुनको मूल्य आज १९ सय रुपैयाँले बढ्यो, कतिमा भइरहेको छ कारोबार ?


काठमाडौं । आज (मंगलबार) नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

सोमबारस्थिर रहेको सुनको भाउ आज तोलामा १ हजार ९ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुनप्रतितोला १ लाख ६४ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाल सुनप्रतितोला १ लाख ६२ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार प्रतितोला १ हजार ८ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १ हजार ९ सय ३० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।