काठमाडौं । नेपालका लागि सेरेस र नामी इभी ब्रान्डको आधिकारिक वितरक एमएडब्लु वृद्धिले चितवनलाई लक्षित गरेर यो क्षेत्रकै सबैभन्दा ठूलो ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ गर्ने भएको छ ।
एमएडब्लु वृद्धिले भरतपुर, चितवनस्थित सिमटी रेसोटमा आउँदो २१ माघदेखि २३ माघ सम्म तीनदिने ‘एक्सचेन्ड एन्ड टेस्ट ड्राइभ क्याम्प’को आयोजना गर्न लागेको हो । यो मेलामा ईभी किन्न चाहने चितवनका ग्राहकले सेरेसमा र नामी इभी किन्दा ७ किलोवाटको चार्जर फ्रि पाउन सकिन्छ । ग्राहकले अभुतपूर्व ‘एक्सचेन्ज भ्यालु’ र एमएडब्लु वृद्धिबाट बेजोड ‘एक्सचेन्ज बोनस’को फाइदा उठाउँदै नयाँ पुस्ताको इलेक्ट्रिक खरिद गर्न सकिन्छ ।
यसका अलावा ग्राहकले हरेक टेस्ट ड्राइभ र आफ्नो पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउन सकिने कम्पनीको दाबी छ । कम्पनीका अनुसार ‘अनस्पट फाइनान्सिंग’को व्यवस्था पनि गरिएको छ । साथै, सेरेस र नामीलाई आकर्शक ब्याजदरमा घर लैजान सकिनेछ ।
यी अफरहरुबाहेक एक्सचेन्ज क्याम्पमा आएर फ्युचरिस्टिक डिजाइन र फिचरले भरिएका नामी र सेरेसको टेस्ट ड्राइभ गर्नेले ‘फुडस्टल’को मज्जा लिन सक्नेछन् । एमएडब्लु वृद्धिले एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्पअघि नामीको क्षेत्रीय लन्च पनि गर्ने योजना बनाएको छ ।
प्रतिक्रिया