५ दिनसम्म पोखरामा वाडा अटो शो आयोजना हुने


काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको सहयोगमा पोखरामा पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन (वाडा) अटो शो हुने भएको छ ।

 चैत्र १३ देखि १७ सम्म पोखरामा वाडा अटो शो आयोजना गर्ने र त्यसका लागि तत्कालै सम्भाव्यता अध्यय नगरी त्यसको सर्भे रिर्पोटको आधारमा अन्य कार्यहरुलाई अघि बढाउने निर्णय भएको छ । यो शो मा  नाडाले मूख्य सल्लाहकारको भूमिका निर्वाह गर्नेछ ।

नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यमा आयोजित सो भेटघाट तथा छलफल कार्यक्रममा वाडाका नवनिर्वाचित अध्यक्ष दिपेन्द्र कोइरालाले पोखरामा पहिलो पटक वाडा अटो शो आयोजना गर्न नाडाकातर्फबाट आवश्यक सहयोगको लागि औपचारिक रुपमा आग्रह गरेका थियो । सो भेटघाट तथा छलफल कार्यक्रममा उक्त अटो शो को सम्भाव्यता र त्यसको मोडालिटिका सम्बन्धमा विस्तृत रुपमा छलफल गरिएको थियो ।

मिति २०८१ पौष २० गते काठमाण्डौमा नाडाले आफनो संस्थागत सदस्य पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन (वाडा) का नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई स्वागत तथा सम्मान गरेको छ ।

नाडाले सन् १९९८ देखि नाडा अटो शो हरेक बर्ष राजधानीमा आयोजना गर्दै आएको छ । १६ औं संस्करणको नाडा अटो शो २०२४ समेत गत भाद्र महिनामा भृकुटी मण्डपमा सम्पन्न गरेको थियो । यसैक्रममा नाडाले अन्य प्रदेशहरुमा पनि अटो शो आयोजनाका लागि सम्भाव्यता अध्ययन गर्ने तयारी गरेको छ ।