काठमाडौं । टाटा मोटर्सको चर्चित नेक्सन ब्राण्डको नयाँ संस्करण ‘नेक्सन केथ्री ईभी’को नेपाली बजारमा बुकिङ खुल्ला भएको छ ।
टाटाको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आइतबार गैरीधारामा आयोजित एक समारोहकाबीच ४५ किलोवाट ब्याट्री क्षमताको नयाँ नेक्सनको डिजाइन सार्वजनिक गरेसँगै बिक्रीका लागि बुकिङ खुल्ला गरेको हो ।
कम्पनीका अनुसार नयाँ ४५ किलोवाट ब्याट्री क्षमता भएको यस सीयुभी (क्रसओभर युटिलिटी भेहिकल) नवीन प्रविधि, आकर्षक डिजाइन, उच्च कार्यकौशलता एवम अत्याधुनिक आरामदायी सुविधाहरुले सम्पन्न रहेको कम्पनीको दाबी छ ।
नेक्सन केथ्री ईभीको सुरुवाती मूल्य ४८ लाख ९९ हजार रुपैयाँ छ । सुरुवाती अफरमा ग्राहकहरुलाई ७.२ किलोवाटको एसी फास्ट चार्जर गाडीसँगै निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
‘सिप्रदी ट्रेडिङ र टाटा मोटर्स बिचको सहकार्यमा पहिलो पटक विद्युतीय गाडी नेक्सन इभी प्राइम २०२१ मा नेपालमा विक्री वितरण सुरु गरिएको थियो । यसलाई नेपाली ग्राहकहरुले अत्याधिक रुपमा मनपराई दिनुभयो । ग्राहकहरुको त्यहीँ विश्वासलाई आत्मसाथ गर्दै हामीले नेपालको इभी इको सिस्टममा लगानी गर्यौं,’ सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले भने, ‘अहिले हामी गर्वका साथ भन्न सक्छौं कि सिप्रदीले नेपालको सबैभन्दा ठूलो इभी इको सिस्टम बनाएको छ । जसमा १८५ भन्दा बढी चार्जिङ स्टेशन, १६ भन्दा बढी सर्भिस सेन्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ । आजबाट बुकिङ सुरु भएको नेक्सन केथ्री ईभीको बिक्री पश्चातको सेवालाई पनि उत्तिकै ध्यान राख्ने छौं ।’
टाटा प्यासेन्जर अन्तर्गतको इलेक्ट्रीक मोबिलिटी लिमिटेडका अन्तर्राष्ट्रिय व्यापार प्रमुख यश खंडेलवालका अनुसार नेपालभर ३ हजारभन्दा बढी सन्तुष्ट ग्राहकहरूको साथ सहित नेक्सन केथ्री ईभीले नेपाली बजारमा आफ्नो विशिष्ट छवि बनाइसकेको छ।
४५ किलोवाट ब्याट्री प्याकले भएको यो कारले नेपाली बाटोमा ३२५ किमिको रेन्ज दिनेछ । ब्याट्री प्याक र मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किमीमा (जुन पहिले आउँछ) वारेन्टी सुनिश्चित गरिएको छ । ठूलो पानारोमिक सनरुफ, आधुनिक ड्यासबोर्ड, ३६० डिग्री क्यामेरा समेत नेक्सन केथ्री ईभीमा उपलब्ध छ ।
नेक्सन केथ्री ईभीमा १९० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स, ३५० लिटरको बुट स्पेस रहेको छ ।
प्रतिक्रिया