मलेसियन ब्राण्ड प्रोटोनको ई-मास सेभेनको दुई भेरियन्ट नेपाल आउँदै, कति पर्छ मूल्य ?


काठमाडौं । जगदम्बा मोटर्सले प्रोटोनको ईभी नेपाल ल्याएको छ ।

कम्पनीले ई-मास सेभेनको भन्सार प्रयोजनका लागि खुद्रा मूल्य सार्वजनिक गरेको छ ।  ई-मास सेभेनका २ वटा भेरियन्टहरु नेपाली बजारमा  उपलब्ध हुनेछन् । ई-मास सेभेन म्याक्सको ६८ लाख ९० हजार रुपैयाँ मूल्य तोकिएको छ । यसमा १६० किलोवाट क्षमताको मोटर छ । ६० किलोवाट आवरको ब्याट्री प्याक हुनेछ ।

इ-मास सेभेन लाइटको ५८ लाख ९० हजार रुपैयाँ तोकिएको छ । यसमा ४९.५२ किलोवाट आवरको ब्याट्री प्याक र १६० किलोवाट क्षमताको मोटर छ ।

इ-मासको ४६२६ एमएम लेन्थको हुन्छ । १६७० एमएमको उचाई छ । यो एसयुभी कार हो । यो मलेसियन ब्राण्डको कार हो । ३४५ किमी रेन्ज दिने कम्पनीको दाबी छ ।

३० देखि ८० प्रतिशतसम्म २० मिनेटमा चार्ज  गर्न सकिन्छ ।