एजेन्सी । भारतमा चिनियाँ विद्युतीय सवारी बिवाईडी सिलायन ७ लञ्च भएको छ ।
भारतमा जारी मोबिलिटी ग्लोबल एक्सपो २०२५ मा बिवाईडी इन्डियाले बिवाईडी सिलायन ७ ७ पियोर पर्फर्मेन्स ईएसयुभी लञ्च गरिएको हो । २०२५ को फेब्रुअरी १७सम्म विशेष लाभहरू सहित सबै इलेक्ट्रिक एसयूभीका लागि बुकिङ सुरु भएको छ।
बिवाईडी सिलायन ७ कारमा ८२.५६ किलोवाट आवार ब्लेड ब्याट्री रहेको छ । परिष्कृत सुरक्षा र प्रफर्मेन्सका लागि चेसिसमा एकीकृतरुफमा परिकृत गरिएको छ ।
बिवाईडी सिलायन ७ प्रिमिय र पफर्मेन्स गरि दुई भेरिएन्टमा उपलब्ध छ । प्रिमियम भेरिएन्टले ६.७ सेकेन्ड र परफर्मेसन भेरिएन्टले ४.५ सेकेन्डमा ०-१०० किलोमिटर प्रतिघण्टाको गति लिने कम्पनीले जनाएको छ । फुल चार्जमा प्रिमियम भेरिएन्टले ५६७ किलोमिटर र परफर्मेसन भेरिएन्टले ५४२ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।
प्रिमियम भेरिएन्ट रियर ह्विल ड्राइभ कन्फिगरेसनमा आउँछ । यसले ३१३ एचपी पावर र ३८० एनएम टर्क उत्पन्न गर्छ ।परफर्मेसन भेरिएन्ट अल ह्विल ड्राइभ विकल्पमा आउँछ, जसले ५३० एचपी पावर र ६९० एनएम टर्क उत्पन्न गर्छ ।
बीवाईडी सिलायन ७ ईभीमा फ्रन्ट बम्परमा एग्रेसिभ कट र क्रिज लाइन, क्लोज अफ ग्रिल, साइडमा १९ इन्चको ड्युअल टोन अलोय ह्विल, २० इन्चको ह्विल विकल्प, फ्लश टाइप डोर ह्यान्डल दिइएको छ ।
स्टोरेजका लागि यो गाडीमा ५८ लिटरको फ्रन्ट र ५२० लिटरको बुट स्पेस उपलब्ध गराइएको छ । पछाडिको सिट फोल्ड गरेर बुट स्पेसलाई १७८९ लिटरसम्म बढाउन सकिन्छ ।
स्टोरेजका लागि यो गाडीमा ५८ लिटरको फ्रन्ट र ५२० लिटरको बुट स्पेस उपलब्ध गराइएको छ । पछाडिको सिट फोल्ड गरेर बुट स्पेसलाई १७८९ लिटरसम्म बढाउन सकिन्छ ।
यो कारमा ३६० डिग्री क्यामेरा, ११ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, फ्रन्ट र रियर पार्किङ सेन्सर लगायतका सुविधा पनि छन् ।
यो गाडी भारतमा ४५ लाख भारुबाट सुरु हुने अपेक्षा गरिएको छ ।
चीन बाहिर पहिलो पटक नेपालमा गत भदौमा सम्पन्न नाडा अटो शो २०२४ मा यो ईभी प्रदर्शनीमा राखिएको थियो । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले सो ईभी प्रदर्शन गरेको थियो ।
प्रतिक्रिया