काठमाडौं । केई मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले ९९ किलोवाट मोटर पावर क्षमताको केई एक्स ३ प्रो ईभी नेपालमा भित्र्याएको छ ।
अझै बढी पर्फमेन्स र दक्षतायुक्त भएको एक्स ३ प्रोको सुरुआती मूल्य ४३ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । यो अफरर केहि अवधीको लागि मात्रै लागु हुने बिक्रेताले जनाएको छ ।
कम्प्याक्ट एसयूभी सेगमेन्टमा यो सबैभन्दा अफोर्डेवल एसयूभी हुने कम्पनीको दावी छ ।
एक्स ३ प्रो इलेक्ट्रिक सवारी साधन मात्रै नभएर अत्याधुनिक प्रविधि, स्लिक डिजाइन र अतुलनिय पर्मफेन्सको संगमसमेत हो । यसमा ५३.६ किलोवाट आवर क्षमतायुक्त सीएटीएल(क्याटल) को लिथियम आइरन फस्फेट व्याट्री जडान छ । जसले २६० एनएमसम्मको उच्चतम टर्क प्रदान गर्छ ।
सिंगल चार्जमा ३७० किलोमिटरसम्मको रेन्ज दिने यो एसयूभीको व्याट्री फुल चार्ज गर्न ५ देखि ७ घण्टाको समय लाग्छ । यसलाई घरमा ७ किलोवाटको एसी चार्जर प्रयोग गरी ८ घण्टामा चार्ज गर्न सकिन्छ । त्यस्तै डीसी फास्ट चार्जरको सहयोगमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
एक्स ३ प्रो ईभीको लम्बाई ४४४३ एमएम, चौडाई १८३१ एमएम र उचाई १६४६ एमएम छ भने यसको ह्विलवेस २६२२ एमएम छ । ५ सिट क्षमताको यो गाडीमा पर्याप्त इन्टेरियर स्पेस छ ।
केई एक्स ३ प्रोको फ्रन्टमा म्याकफर्सन इन्डिपेन्डेन्ट सस्पेन्सन र रियरमा मल्टी लिंक इन्डिपेन्डेन्ट सस्पेन्सन छ । यसको ग्राउन्ड क्लिरेन्स १८३ एमएम छ । विभिन्न पाँच कलर अप्सनमा केई एक्स ३ प्रो ईभीमा उपलब्ध छ । केई नेपालले भाटभटेनी नक्साल, धनगढी, नेपालगञ्ज, दांग, भैरहवा, भरतपुर, हेटौडा, दमक र बिर्तामोडस्थित नौवटा शोरुम संञ्चालन गर्दैआएको छ ।
प्रतिक्रिया