काठमाडौं । जल तथा मौसम विज्ञान विभागले कर्णाली र सुदूरपश्चिम प्रदेश वाहेक अन्य प्रदेशमा बुधबार मौसम सफा रहने जनाएको छ ।
देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव हुनुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भागमा मौसम सफा रहेको विभागले जनाएको छ । साथै तराईका धेरै भू–भागमा हुस्सु लागेको छ ।
विभागका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
बिहीबार बिहान तराईका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने जनाउँदै विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
प्रतिक्रिया