भूमि सम्बन्धी अध्यादेश जारी भएपछि बालेनको टिप्पणी: टुँडिखेल, खुल्लामन्च पनि आफ्ना कार्यकर्तालाई दिने अध्यादेश पास भएछ



काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भूमि सम्बन्धी अध्यादेशको आलोचना गरेका छन् ।

बुधबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेपछि शाहले खोला मात्र हैन टुडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएको टिप्पणी गरेका हुन् ।

शाहले लेखेका छन्, ‘अब खोला मात्र हैन टुडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ ।
बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई ।

सरकारले भुमिसम्बन्धि अध्यादेश जारी गरी भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई निशुल्क र अव्यवस्थित बसोबासीलाई  तोकिएको दस्तुरमा जग्गाको स्वामित्व दिने व्यवस्था गरेको हो । बालेने यही व्यवस्थाले आफ्ना कार्यकर्तालाई जग्गा दिन मिल्ने भन्दै विरोध गरेका हुन् ।


क्लिकमान्डु