राष्ट्रपतिद्वारा भूमि सम्बन्धी अध्यादेश जारी



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेका हुन् ।

यसअघि मन्त्रिपरिषद्ले पाँच वटा अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको भए पनि पौडेलले भूमि सम्बन्धी अध्यादेश त्यतिबेला जारी गरेका थिएनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशहरुमा सत्तारुढ दलबीच एकता रहेको बताएका थिए।


क्लिकमान्डु