नेपाल लाइफ इन्स्योरेन्सले २१.०५ प्रतिशत लाभांश दिने



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस र करसहित ११.०५ प्रतिशशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव बिमा प्राधिकरणले स्वीकृत गरेर आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु