विमानको खाना खाएर ३६ यात्रु बिरामी
काठमाडौं । विमानको खाना खाएका ३६ यात्रु विरामी परेका छन् ।
काठमाडौंबाट हङकङ उडान गरेको हङकङको ध्वजावाहक क्याथे प्यासिफिकको विमानमा खाना खाएका ३६ यात्रु विरामी परेका छन् । खानाका कारण विरामी परेका यात्रुहरुको बारेमा अनुसन्धान सुरु भएको छ ।
विरामी भएका यात्रुमा खानाका कारण फुड पोइजनको समस्या देखिएपछि हङकङस्थित स्वास्थ्य अधिकारीहरूले उक्त विमानमा उपल्बध गराइएको खानाको अनुसन्धान थालेका हुन् ।
यात्रु विरामी परेपछि एयरलाइन्सले शुक्रबार साँझ माफी माग्दै अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएको छ ।
‘यदि एयरलाइनको उडानको खानामा अखाद्य पदार्थ पत्ता लाग्यो भने हामी सत्य र पारदर्शी रूपमा रिपोर्ट गर्नेछौं र सबै आवश्यक सुधारात्मक कार्यहरू गर्नेछौं,’ विज्ञप्तिमा भनिएको छ।