रवि मध्यरात काठमाडौं आइपुगे, आइतबार अदालतमा उपस्थित हुने
काठमाडौं । रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने मध्यरात काठमाडौं आइपुगेका छन् ।
सहकारी अपचलनसम्बन्धी मुद्दाको अनुसन्धानका निम्ति जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा ८४ दिन बिताएका उनी बिहीबार ६५ लाख धरौटीमा रिहा भएका थिए ।
त्यसदिन पोखराकै लेकसाइटस्थित होटल बसुन्धरामा बसेका उनी शुक्रबार स्थलमार्ग हुँदै मध्यरात काठमाडौं आइपुगेका छन् ।
आइतबार विहानै काठमाडौं जिल्ला अदालतमा हाजिर हुने पारिवारिक स्रोतले जनाएको छ । लामिछानेले आज भने आफ्नो कानूनी व्यवसायीहरुसँग छलफल गर्दैछन् ।