काठमाडौं । सर्वाेत्तम सिमेन्टको छैटौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । रुपन्देहीको सिद्धार्थ नगरपालिका भैरहवास्थित होटल सिद्धार्थ भिलासामा सभा सकिएको हो ।
सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आव २०८०/८१ को वित्तीय विवरण पारित गरेको छ । यसैगरी आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षकको नियुक्तिको प्रस्ताव सहित कम्पनीले आफ्नो लाभांश पनि पारित भएको छ ।
कम्पनीले चुक्ता पुँजीको ७ % का दरले हुन आउने ३२ करोड ५५ लाख रुपैयाँ बराबरको बोनस सेयर र चुक्ता पुँजीको ३% का दरले हुन आउने १३ करोड ९५ लाख रुपैयाँ कर सहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ ।
प्रतिक्रिया