कृषि सामग्रीमा नक्कली प्रमाणपत्रको बारेमा छानविन गर्न अख्तियारमा उजुरी



काठमाडौं । कृषि सामग्री कम्पनीमा कार्यरत कर्मचारीहरुको शैक्षिक योग्यता प्रमाणपत्र नक्कली भएको भन्दै छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

कम्पनीमा कार्यरत धेरै कर्मचारीहरुको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्दै छानविनको लागि आयोगमा उजुरी परेको हो ।

भारतीय नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा कम्पनीमा कार्यरत कर्मचारीहरु बढुवामा प्राथमिकता पाइरहेकाले उक्त बिषयमा गहन रुपमा छानविन गरी दोषिमाथि कारवाही प्रक्रिया अघि बढाउन उजुरी परेको हो ।

कम्पनीको प्रवन्ध सञ्चालक र प्रशासन महाशाखा प्रमुखको मिलेमतोमा भारतीय नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा केही कर्मचारीलाई बढुवा गर्न लागिएको उजुरीमा उल्लेख छ ।

कृषि सामग्री कम्पनी अन्तर्गतको बिराटनगरस्थित कार्यालयमा कार्यरत नरेशकुमार सापकोटा, धनगढीमा कार्यरत नवलसिंह वोगटी, बीरगञ्जमा कार्यरत पुरुषौत्तमकुमार सिंह, भैरहवामा कार्यरत तिर्थ न्योपानेलगायतको शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपसहित छानविन गर्नुपर्ने आयोगमा परेको उजुरीमा उल्लेख छ ।


क्लिकमान्डु