सम्पत्ति शुद्धीकरणका लागि नयाँ नियामक: गाडी व्यवसायलाई यातायातले हेर्ने, लगानी कम्पनीलाई बोर्डले



काठमाडौं । सरकारले विभिन्न निकाय र व्यवसायका निमित्त सम्पत्ति शुद्धीकरण निवारणका लागि नियामक तोकेको छ ।

मन्त्रिपरिषदको पुस ५ गते बसेको वैठकले नेपाल राष्ट्र बैंक, यातायात व्यवस्था विभाग र नेपाल धितोपत्र बोर्डलाई जिम्मेवारी थपेको हो ।

क्याबिनेटको निर्णयअनुसार सवारी साधन खरिद गर्न कर्जा प्रवाह गर्ने व्यवसायी र सामाजिक सुरक्षा कोषको नियामक नेपाल राष्ट्र बैंकलाई तोकिएको छ । यसैगरी सवारी साधन विक्री गर्ने व्यवसायीका लागि यातायात व्यवस्था विभाग र इन्भेस्टमेन्ट कम्पनीका लागि नेपाल धितोपत्र बोर्डलाई नियामक तोकिएको हो । यी निकायले सम्पत्ति शुद्धीकरण निवारका लागि नियमनकारी निकायको काम गर्नेछन् ।


क्लिकमान्डु