टेलिकमको रिचार्ज कार्ड अभाव, एनटीसीलाई ग्राहक स्वीचको चिन्ता
काठमाडौं । बजारमा नेपाल टेलिकमको रिचार्ज कार्डको अभाव देखिएको छ । आम उपभोक्ताले हरेक किराना र स्टेसनरीदेखि चिया पसलसम्ममा पाउने रिचार्ज कार्ड पछिल्लो एक सातादेखि पाउन छोडेका छन् ।
बजारमा उपभोक्ताले खोजेको बेला ५० र १०० रुपैयाँको नेपाल टेलिकमको नमस्ते रिचार्ज कार्ड पाएका छैनन । रिचार्ज कार्ड ५० वा १०० रुपैयाँको मात्रै पाइने गरेको छ । टेलिमका एक रिचार्ज बिक्रेताले भने ‘कम भएको भएपनि पाउँदै नपाउँने अवस्था भने छैन । उनका अनुसार ५० र १०० रुपैयाँको कार्डलाई पालैपालो बजारमा पठाइरहेको छ ।’
उनका अनुसार एक दिन ५० को र अर्को दिन १०० को रिचार्ज कार्ड टेलिकमको डिलरले उपलब्ध गराइरहेकोले बजारमा पनि सोही अनुसार एक दिन पछि मात्रै पठाइरहेको पनि ती बिक्रेताले भने । ‘हिजो ५० को मात्रै रिचार्ज कार्ड टेलिकमले पठाएको थियो भने आज १०० को मात्रै पठाउने भनेको छ । टेलिकमबाट जुन रिचार्ज आउँछ बजारमा पनि त्यहीँ लिएर जाने गरेको टेलिकमका एक कार्ड बिक्रेताले बताए ।
नेपाल टेलिकमा प्रवक्ता हरि ढकालले भने रिचार्ज कार्डको समस्या समाधान भइसकेको छ । बजारमा कार्डको अभावै नभएको भएपनि रिचार्ज कार्ड छापेर आउँनै कम भएकोले कम भएको हो । रिचार्ज कार्डको अभावलाई कम गर्न टेलिकमले गत मंसिर १९ मा मोबाइल पोइन्ट अफ सेल (एमपीओएस) रिचार्जमा बोनस उपलब्ध गराउने भन्दै प्रेस विज्ञप्ति नै जारी गरेको थियो ।
टेलिकमका प्रवक्ता ढकालले रिचार्ज कार्ड छापिएर आइरहेकोले डिलरले कतै कुनै ठाउँमा पुर्याउन नसकेर वा बिक्रेताल लान नभ्याएर नपाइएको हुन सक्ने बताए । उनले भने अभाव हुनुपर्ने कुनै कारण नभएको भन्दै पन्छिए । बजारलाई चाहिएजति रिचार्जकार्ड पठाइरहेको दाबी ढकालको छ । उनका अनुसार ५० रुपैयाँ र १०० रुपैयाँको रिचार्ज कार्ड पालोपलो पठाउने गरिएकोे छ । ग्राहकले नपाउने अवस्था कसरी आयो भन्ने विषयमा कुनै ठाउँमा डिलरले नदिएको वा विक्रेताले नलगएको हो हो भन्ने विषयमा भने बुझ्नपर्ने पनि उनले बताए ।
टेलिमले रिचार्ज कार्डको अभाव न्यूनीकरण गर्न कुनै अवसर र विशेष कार्य विना नै टेलिकमले वोनसको अफर सार्वजनिक गरेको हो । टेलिकमले एमपीओस, नमस्ते पे, इसेवा, खल्ती, आइएमई पे लगायतका डिजिटल वालेटबाट कार्डको विकल्पको रुपमा रिचार्ज गर्न आग्रह गरेको छ । यस्तो रिचार्ज गर्दा टेलिकमले आफ्नै नेटवर्कमा कुराकानी गर्नको लागि थप बोनस दिएको छ । यस्तो बोनमा ९९ रुपैयाँसम्मको रिचार्जमा २० मिनेट भ्वाइस प्योकज ३ दिनसम्मलाई, १०० दृखि १९९ रुपैयाँसम्ममा ५० मिनेट भ्वाइस कल ३ दिनसम्म, २०० देखि ४९९ रुपैयाँसम्ममा २ जीबी डेटा प्रतिदिन एक जीबी चलाउन पाइने र ५०० रुपैयाँमाथिको रिचार्जमा ८ जीबी डेटा प्रति दिन २ जीबी ४ दिनसम्म चलाउन पाउने गरी बोनस दिएको छ ।
सञ्चार मन्त्रालले ती एक महिना अगाडि नै रिचार्ज कार्ड अभाव हुन सक्ने विषयमा टेलिकम नेतृत्वको ध्यानाकर्षण गराएको थियो । टेलिकमल नेतृत्वको अकमण्डर्यताले रिचार्ज कार्ड अभाव नहोस् भनेर सम्बन्धित निकायका नेतृत्वलाई बेलाई स्पष्टिकरण मन्त्रालल लिएको थियो । मन्त्रालयको चासो पछि टेलिकमले बोनस अफर ल्याएको थियो ।
टेलिकमको रिचार्ज कार्ड छाप्ने काम मिराज र स्प्रिन्ट प्रिन्टिङले गरिरहेका छन । यी दुबै प्रिन्टर्सले मेसिन बिग्रिएको भन्दै आवश्यकता भन्दा कम रिचार्ज कार्ड उपलब्ध गराउँदा त्यसको असर अहिले बजारमा देखिएको हो । टेलिकमका अनुसार ति प्रिन्टर्सले अहिले नियमित आवश्यकता अनुसार नै आपूर्ति गरिरहेका छन भने रिचार्जका कार्डमा छपाईमा कुनै समस्या नभएको पनि टेलिकमको भनाइ छ
टेलिकमले रिचार्ज कार्ड उपलब्ध गराउन नसक्दा ग्राहक तुरुन्तै अर्को सेवामा स्वीच हुन सक्ने देखिएको छ । सोमबार लतिपुरको धोविघाटामा टेलिमको रिचार्ज कार्ड खोज्दै आएका एक ग्राहकले ३/४ वटा पसलमा बुझेपछि एनसेलको सीमकार्ड लिएका छन् ।
लमजुङका मोहन भन्ने कृष्णबहादुर मिश्रले टेलिकमको एक सय रुपैयाँको रिचार्ज कार्ड खोज्दै आएका थिए । उनले रिचार्ड कार्ड नपाएपछि एनसेलको नयाँ सिम लिएका छन ।
यस्तो समस्या दुर्गम क्षेत्रमा पनि एकै दिनमा ग्र्राहक स्वीच हुने संभावना झन बढी रहेकोको एक टेलिकम क्षेत्रकै जानकारको भनाइ छ । ग्राहकले आफूले चाहेको बेलामा सेवा नपाए अर्को सेवाबाट काम चलाउनु स्वभाविक भएको पनि उनको भनाइ छ ।