पुस १७ देखि सगरमाथामा हेलिकप्टको व्यावसायिक उडानमा प्रतिबन्ध, अटेर गरे कारवाही

287
Shares

काठमाडौं । आगामी पुस १७ (१ जनावरी २०२५)देखि सगरमाथा क्षेत्रमा हेलिकप्टरको व्यावसायिक उडानमा प्रतिबन्ध लाग्ने भएको छ । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागले आगामी अंग्रेजी नयाँ वर्षको दिनदेखि सगरमाथा निकुञ्ज क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाउने निर्णय गरेको छ ।

सगरमाथा राष्ट्रिय निकुञ्जले बुधबार सबै हेलिकप्टर कम्पनीलाई पत्र लेख्दै उक्त निर्णयबारे जानकारी गराएको हो । निकुञ्ज, खुम्बु पासाङ ल्हामु गाउँपालिका, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति तथा स्थानीय सरोकारवालाको बैठकले उक्त निर्णय गरेको हो ।

निर्णय अनुसार अब पर्यटक तथा स्थानीयको उद्धार तथा मालसामान ढुवानी बाहेक व्यावसायिक रूपमा हेलिकप्टर उडाउन पाइने छैन ।

सगरामाथा क्षेत्रमा प्रदुषण बढेको र वन्यजन्तुसम्बन्धि आपराधिक गतिविधि रोक्न र स्गथानीयको रोजीरोटी जोगाउन पनि हेलिकप्टरको व्यवसायीक उडान रोक्नुपरेको विभागले जारी गरेको उक्त निर्णयमा उल्लेख छ ।

सगरमाथा क्षेत्रमा यो निर्णय विपरीत हेलिकप्टरको उडान गरेको अवस्थामा राष्ट्रिय नियकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ र हिमाली राष्ट्रिय निकुन्ज नियमावली २०३६ अनुसार कारवाही हुने पनि उल्लेख छ ।

सगरमाथा राष्ट्रिय निकुन्जले सञ्चालनमा रहेको विभिन्न ११ वटा हेलिकप्टर कम्पनीलाई बुधबार हेलिकप्टर उडानमा निषेधगर्ने गरी गरेको निर्णयको परिपत्र अनुसार उद्दार उडानमा पनि कडाइ गरिएको छ ।

उद्दार उडान गर्दा सगरमाथा राष्ट्रिय निकुन्ज विभागबाट अनिवार्य रुपमा अनुमति लिनुपर्ने, हेलिकप्टर अवतरण गर्नुपर्ने स्थान तय गर्नुपर्ने, उद्दार हुने व्यक्तिको विवरण अनिवार्य रुपमा पेश गर्नुपर्ने, उद्दार भएका पर्यटकको स्वास्थ्य चेकजाँच गर्न लुक्लाको पासाङल्हामु निकोल निक्की अस्पताल अनिवार्य पुर्याउनुपर्नेसहितको निर्णय गरेको छ ।

Skip This