यी हुन् एनपीएलमा हालसम्म सर्वाधिक रन बनाउने र विकेट लिने खेलाडी
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा चौथो चरणका खेल सकिँदा प्रतियोगिता झनै रोचक बन्दै गएको छ । नेपालमा भएको फ्रेन्चाइजी लिगमा पहिलो पटक विदेशी खेलाडी भन्दा नेपाली खेलाडीको दबदबा धेरै छ । त्यसैले पनि प्रतियोगिताको चाम बढेको हो ।
अझ रोचक कुरा त के छ भने हालसम्म सर्वाधिक रन बनाउने खेलाडिको सूचीको शीर्ष स्थानमा नेपाली खेलाडी नै छन् । यता सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा पनि नेपाली खेलाडि नै अगाडि छन् । विपिन शर्मा र ललितनारायण राजवंशी पनि सर्वाधिक विकेट लिने खेलाडीको सूचीको शीर्ष पाँचमा छन् । एनपीएलमा बलियो मानिएका टोलीहरु कमजोर बन्दा पनि प्रतियोगितालाई झनै रोचक बनाएको छ ।
एनपीएल हुनुपूर्व बलियो भनिएको टोली लुम्बिनी लायन्सले हालसम्म जित निकाल्न सकेको छैन । यता पोखरा पहिलो खेलमा नै कमजोर बन्न पुग्यो । आफ्नो अफिसियल एन्थमले चर्चामा आएको टोली विराटनगरले पनि सोचे अनुरुप प्रदर्शन गर्न सकेको छैन ।
गब्बरले गुन्जिएको कर्णाली भने लगातार दुई खेलमा पराजित भएर एक खेलमा कमब्याक गरेको छ । प्रतियोगितामा हालसम्म १५ खेल सम्पन्न भएका छन् । जसमा एक शतक र १६ अर्धशतक बनेका छन् । प्रतियोगितामा तीन खेलाडीले एकै इनिङमा पाँच विकेट लिएका छन् ।
यो लेखमा हामी एनपीएलमा हालसम्म उत्कृष्ट ब्याटिङ र बलिङ गर्ने शीर्ष तीन जना खेलाडीको हामी चर्चा गर्नेछौं ।
उत्कृष्ट ब्याटिङ गर्ने शीर्ष ३ खेलाडी:
१. रोहित पौडेल (लुम्बिनी लायन्स)
लुम्बिनी लायन्स प्रतियोगिता अघि पेपरमा बलियो टोली हो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान नै टिमको कप्तान हुने भएपछि लुम्बिनीले प्रतियोगिताको पहिलो खेलमा नै धुम मचाउने सोचेको थियो । फ्यानको पनि सोहीअनुसार अपेक्षा थियो ।
तर, ब्याटिङमा जसरी लुम्बिनी बलियो थियो बलिङमा सोचे अनुरुप चल्न सकेन । हालसम्म लुम्बिनीका कप्तान रोहितले एक अर्धशतक सहित १८१ रन बनाएका छन् । उनी सर्वाधिक रन बनाउने खेलाडिको सूचीमा शीर्ष स्थानमा छन् । उनी शतक बनाउनबाट भने चुके । बिराटनगरविरुद्ध उनले ९५ रन बनाएका थिए । रोहितले प्रतियोगिताको चार खेलमा १८ चौका र ६ छक्का प्रहार गरेका छन् ।
यस्तै बलिङतर्फ ३ विकेट पनि लिएका छन् ।
२. लाहिरु मिलान्था (जनकपुर बोल्ट्स)
ज्नकपुर बोल्ट्स यो सिजन एनपीएलमा हालसम्म अपराजित टोली हो । बोल्ट्सले प्रतियोगिताको चार वटै खेलमा जित निकालेको छ । चार खेलबाट ८ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा भएको जनकपुरलाई यो सफलता दिलाउन श्रीलंका मुलका अमेरिकी खेलाडी मिलान्थाको महत्त्वपूर्ण भूमिका छ ।
उनले लिगमा ४ खेलमा एक अर्धशतक सहित १६८ रन बनाएका छन् । उनले २१ चौका र ५ छक्का प्रहार गरेका छन् । उनको सर्वाधिक स्कोर ७५ रन हो । यसबाहेक उनले अर्धसतकीय योगदान दिन सकेका छैनन् ।
३. रवी बोपरा (चितन राइनोज)
चितवन राइनोजले नेपाल प्रिमियर लिगमा यो पटक उत्कृष्ट प्रदर्शन गरिरहेको छ । अपराजित सुदूरपश्चिम रोयल्सलाई आइतबार भएको खेलमा पराजित गर्दै उत्कृष्ट बनेको टिम अहिलो राम्रो अवस्थामा छ ।
बोपराले प्रतियोगितामा हालसम्म १५७ रन बनाएका छन् । उनको रन स्कोरमा दुई अर्धशतक पनि छ । उनले ५९ रन बनाएका छन् । उनको १४ चौका र ६ छक्का छन् ।
उत्कृष्ट बलिङ गर्ने शीर्ष ३ खेलाडीः
१. सोहेल तनविर (चितवन राइनोज)
पाकिस्तानका खेलाडी सोहेल तनविर सबैको नजरमा परेका खेलाडी हुन् । उनले हालसम्म प्रतियोगितामा खेलेका चार खेलमा विकेट विहिन हुन परेको छैन ।
चितवनलाई दोस्रो स्थानमा पुगाउँदा उनले टिमका लागि चार खेलमा ९ विकेट लिइसकेका छन् । जसमध्ये काठमाडौंविरुद्ध एकै खेलमा पाँच विकेट लिएका थिए । ४.६७ को इकोनमिमा उनको स्ट्राइक रेट ९.५५ रहेको छ ।
२. ललितनारायण राजवंशी (जनकपुर बोल्ट्स)
जनकपुर बोल्ट्स एनपीएलको हालसम्मको सफल टोली हो । अंक तालिकाको शीर्ष स्थानमा रहेको जनकपुरलाई यो सफलता दिलाउन ललितनारायण राजवंशीको ठूलो भूमिका छ ।
उनले ५.५० को इकोनोमीमा उनको १२.०० स्ट्राइक रेट रहेको छ । उनले कुल ८ विकेट लिएका छन् ।
३. हर्श ठाकेर (जनकपुर बोल्ट्स)
एनपीएलमा सर्वाधिक विकेट लिने खोलडीको सूचीमा शीर्ष तीन खेलाडी मध्य दुई खेलाडी जनकपुरकै छन् । ठाकेरले प्रतियोगितामा जम्मा ८ विकेट लिएका छन् । लुम्बिनीविरुद्धको खेलमा उनले पाँच विकेट लिएका छन् ।
ठाकेरको इकोनोमी रेट ६.९३ र स्ट्राइक रेट ११.२५ को रहेको छ ।