काठमाडौं । विशेष अदालतले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको ठहर गरेको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य तेजनारायण सिंह राई तथा रितेन्द्र थापाको इजलासले नेपाल वायुसेवा निगमका अध्यक्ष एवं पर्यटन सचिव शंकर अधिकारी, महाप्रबन्धक सुगतरत्न कंसाकार, सहसचिवहरू बुद्धिसागर लामिछाने र शिशिर ढुंगानालाई दोषी ठहर गरेको हो । अदालतले १ अर्ब ४७ करोड रुपैयाँको भ्रष्टाचार भएको ठहर गर्दै, दामासाहीलाई उक्त रकम असुल्न आदेश दिएको छ।
यस मुद्दामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २२ चैत २०८० मा विशेष अदालतमा ३२ जना आरोपितविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आरोपितमध्ये ७ जना सञ्चालक समितिका सदस्य र १४ जना निगमका कर्मचारी थिए ।
विशेष अदालतले तत्कालीन पर्यटन मन्त्री जीवनबहादुर शाही लगायत अरु केही आरोपितलाई भने सफाइ दिएको छ ।
अख्तियारले वाइडबडी जहाज खरिद प्रक्रियामा १ अर्ब ४७ करोड रुपैयाँको हानी भएको र उक्त रकम असुल गर्नका लागि सबै ३२ आरोपितविरुद्ध बिगो मागदाबी गरेको थियो । अदालतले यो रकम भ्रष्टाचारको रूपमा ठहर गर्दै, दोषीलाई आर्थिक जिम्मेवारी वहन गर्न आदेश दिएको हो।
प्रतिक्रिया