दीपेन्द्रसिंहको अर्धशतकमा सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ८३ रनको लक्ष्य
काठमाडौं । कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकको सहयोगमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्ससामु जितका लागि १ सय ८३ रनको लक्ष्य प्रस्तुत गरेको छ । शनिबारबाट काठमाडौंमा सुरु भएको एनपीएलमा बनेको यो सर्वाधिक रनको योगफल हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगर किङ्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८२ रन जोडेको छ ।
कप्तान दीपेन्द्रसिंह ऐरी २४ बलमा ५७ रन जोड्दै नटआउट रहे भने वसन्त खत्रीले ४ रन बनाए ।
दीपेन्द्रले २३ बलमा ३ चौका र ५ छक्काको मद्दतमा अर्धशतक पूरा गरे ।
विराटनगरका लागि अनिल खरेलले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए । क्रिस सोले, इस्मात आलम र बसिर अहमदले समान १–१ विकेट लिए । अब विराटनगर किंग्सले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।