मोरङमा ५ लाख ५ हजार जनाले मतदान गरे

133
Shares

मोरङ । मोरङका छवटा निर्वाचन क्षेत्रमा कूल पाँच लाख पाँच हजार ५१४ अर्थात् ६४ दशमलव ५६ प्रतिशतले मतदान गरेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले दुई लाख ४३ हजार ३१६ पुरुष, दुई लाख ६२ हजार १९६ महिला र अन्य दुई जना गरी पाँच लाख पाँच हजार ५१४ ले मतदान गरेका हुन् ।

मोरङको क्षेत्र नं १ मा ६० दशमलव ३६, क्षेत्र नं २ मा ६२ दशमलव ९७, क्षेत्र नं ३ मा ६१ दशमलव १७, क्षेत्र नं ४ मा ६७ दशमलव १५, क्षेत्र नं ५ मा ७१ दशमलव २८ र क्षेत्र नं ६ मा ६६ दशमलव ५६ प्रतिशत मतदाताले मतदान गरेका छन् ।

जिल्लामा सात लाख ८३ हजार ५० मतदाता छन् । यहाँ आठ सय ८८ मतदान केन्द्र कायम गरिएको थियो ।