स्थानीय तहमा रास्वपाको पहिलो जित, कांग्रेसबाट खोस्यो काठमाडौं-१६
काठमाडौं । काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विजयी भएको छ ।
रास्वपाकी रोजिना श्रेष्ठ विजयी भएकी हुन । स्थानीय तहमा यो रास्वपाको पहिलो जित हो ।
हिजो सम्पन्न उपनिर्वाचनमा श्रेष्ठले २,९०२ मत ल्याउँदै विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी, एमालेका लक्ष्मीरत्न तुलाधरले २२२० मत पाए। २०७९ को निर्वाचनमा विजयी नेपाली कांग्रेस यसपटक तेस्रो बन्यो । कांग्रेस उम्मेदवार देवेन्द्र पाठकले २,२१४ मत प्राप्त गरे।
यस्तै, एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले १,०९२ मत पाउँदा, राप्रपाका श्यामकृष्ण श्रेष्ठले ७४२ मत ल्याए । स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले ४९८ र अर्का स्वतन्त्र उम्मेदवार सम शाक्यले ३३४ मत प्राप्त गरे।
यो उपनिर्वाचन कांग्रेसका वडाध्यक्ष मुकुन्द रिजालको निधनपछि भएको हो ।