चार महिनामा निर्जीबन बिमा कम्पनीले गरे १४ अर्ब बढी बिमाशुल्क आर्जन, कुनको कति ?



काठमाडौं । चालु आर्थिक वर्षका चार महिनामा १४ निर्जीबन बिमा कम्पनीले १४ अर्ब ९ करोड ७२ लाख रुपैयाँको बिमाशुल्क आर्जन गरेका छन् ।

बिमा कम्पनीहरुले कात्तिक मसान्तसम्म ८ लाख ९७ हजार २३५ वटा बिमालेख मार्फत १४ अर्ब ९ करोड ७२ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेका हुन् ।

बिमा प्राधिकरणका अनुसार कात्तिक महिनामा मात्रै निर्जीबन बिमा कम्पनीले २ लाख २९ हजार ९४ वटा बिमालेख जारी गरेर २ अर्ब ७० करोड ९२ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् ।

प्राधिकरणका अनुसार नेपाल इन्स्योरेन्स कम्पनीले चार महिनाको अवधिमा ६० हजार ७५४ वटा बिमालेख जारी गरेर ७८ करोड ६८ लाख रुपैयाँ, दि ओरिएन्टल इन्स्योरेन्सले १४ हजार १२३ वटा बिमालेख जारी गरेर ९२ करोड ८६ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ ।

प्राधिकरणका अनुसार राष्ट्रिय बिमा कम्पनीले ६१ करोड ४९ लाख, नेशनल इन्स्योरेन्सले ४९ करोड ३ लाख, नेको इन्स्योरेन्सले कात्तिक मसान्तसम्म १ अर्ब १५ करोड २७ लाख, प्रभु इन्स्योरेन्सले ६२ करोड ७५ लाख शिखर इन्स्योरेन्सले १ अर्ब ४१ करोड ३ लाख, एनएलजी इन्स्योरेन्सले ९४ करोड १९ लाख, हिमालयन एभरेष्टले १ अर्ब १४ करोड ९८ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ ।

यस्तै सानिमा जिआईसीले ७७ करोड ९३ लाख, सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब ४६ करोड २६ लाख, सगरमाथा इन्स्योरेन्सले १ अर्ब ७७ करोड ६७ लाख, आईजीआई प्रुडेन्सियल इन्स्योरन्सले १ अर्ब १३ करोड ४९ लाख र युनाइटेड अजोड इन्स्योरेन्सले ८४ करोड १ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् ।


क्लिकमान्डु