ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा छुट

210
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा छुट पाउने भएका छन्।

यससम्बन्धी सम्झौतामा बैंकका ट्रान्जेक्सन बैंकिङ्ग सेल्स तथा बिजनेश प्रमुख प्रकाश पौडेल र समाज डेन्टल अस्पतालका प्रबन्ध निर्देशक शंकु घिमिरेले हस्ताक्षर गरेका छन्।

साथै, बैंकको क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १२ महिनासम्म किस्ताबन्दीमा भुक्तानी गर्न मिल्ने सेवा (ईएमआई) समेत प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौतानुसार बैंकका ग्राहकहरूले समाज डेन्टलमा बैंकको डेबिट/क्रेडिट कार्ड र ग्लोबल स्मार्ट प्लस मार्फत भुक्तानी गर्दा ओपीडी दर्ता शुल्क, डाक्टरको परामर्श शुल्क र अस्पतालको आजीवन सदस्यता शुल्कमा शतप्रतिशत छुट पाउनेछन्।

यसका साथै, बैंकका ग्राहकहरूले एक्सरे बाहेकका सम्पूर्ण सेवा शुल्कमा एकमुष्ठ १० प्रतिशत छुट पाउने बैंकले जनाएकाे छ।

बैंकका अनुसार किस्ताबन्दी सेवाअन्तर्गत बैंकका क्रेडिट कार्डवाहकले समाज डेन्टल अस्पतालमा उपचार बापत खर्च १५ हजारदेखि अधिकतम ५ लाखसम्मको बिलमा ६ देखि १२ महिनासम्मको सरल किस्ताबन्दीमा भुक्तानी गर्न सक्नेछन्।