कालिमाटी तरकारी बजारमा आज : यस्तो छ शनिबारको थोक मूल्य
काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा शनिबार स्थानीय काउली ११५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यस्तै तराईको काउली १०५, लोकल ठूलो गोलभेडा ९५, सानो गोलभेडा ६७, टनेलको सानो गोलभेडा ७८.७५, रातो आलु ७०, सेतो आलु ५९.६७, प्याज १०९, गाजर १५५, बन्दा ९५, सेतो मुला ३५, लाम्चो भान्टा ६५, डल्लो भान्टा ७५, तने बोडी १३०, मटरकोशा १३०, घिउसिमी १३५ र टाटे सिमी ११५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यसैगरी लौंका ९०, परवर ९५, चिचिण्डो ४५, घिरौला ७५, पाकेको फर्सी ३५, हरियो फर्सी लाम्चो ६५, हरियो फर्सी डल्लो ६५, भिण्डी ११५, बरेला ५५, स्कुस २५, रायो साग ४५, पालुङ्गो साग ९५, चमसुरको साग ११०, तोरीको साग ५५, मेथीको साग ११०, हरियो प्याज १२६.६७, बकुल्ला ११०, तरुल ९५, कन्ये च्याउ २००, डल्ले च्याउ ३७६.६७, राजा च्याउ २९०, ब्रोकाउली १५० र भेडे खुर्सानी ११० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यस्तो छ कालिमाटी बजारमा शनिवारको तरकारीको थोक मूल्य