बीवाईडी एट्टो ३ मिडिया टेस्ट ड्राइभः ‘बीवाईडी ड्राइभ टु डिस्कभर’ द्वारा नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूवी प्रस्तुत
काठमाडौं । नेपालको दिगो यातायाततर्फको यात्रामा एक महत्वपूर्ण कदम चाल्दै, बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साईमेक्स इन्कले हालै लन्च भएको बीवाईडी एट्टो ३ २०२४ भर्सनका लागि विशेष मिडिया टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरेको छ ।
‘बीवाईडी ड्राइभ टु डिस्कभर’ नाम दिइएको यो कार्यक्रमले मिडिया प्रतिनिधिहरूलाई नेपालको विभिन्न भूभागमा ड्राइभ गर्दै नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूवीको विशेष क्षमता अनुभव गराएको छ ।
काठमाडौँको नक्सालस्थित बीवाईडी शोरूममा आयोजना गरिएको यस कार्यक्रममा मिडिया प्रतिनिधि र अटोमोबाइलप्रेमीहरूको उत्साही सहभागिता देखियो ।
सहभागीहरूले बीवाईडी एट्टो ३ २०२४ को पर्फर्मेन्स, आरामदायी यात्रा, र नयाँ प्रविधिलाई प्रत्यक्ष अनुभव गर्ने मौका पाए कार्यक्रममा अटोमोबाइल मिडियाका प्रतिष्ठित व्यक्तित्वहरूको पनि सहभागीता थियो, जसले काठमाडौँका ब्यस्त सडकदेखि शिवपुरी भिलेज रिसोर्टको सुन्दर र शान्त ठाउँसम्मको यात्रा पूरा गरे।
बीवाईडी ड्राइभ टु डिस्कभरको रुट, गाडीको बहुउपयोगी क्षमताहरू देखाउन डिजाइन गरिएको थियो, जसमा सहरका सडक, उकालो, र अफ–रोड बाटाहरू समावेश थिए। यात्रा बीवाईडी शोरूमबाट सुरू भएर भाटभटेनी, गैरीधारा, उत्तरढोका, लाजिम्पाट, महाराजगन्ज, हात्तीगौँडा, टोखा रोड, र शिवपुरी हाइवे हुँदै सुन्दर शिवपुरी संरक्षण क्षेत्रबाट शिवपुरी भिलेज रिसोर्टसम्म पुगेको थियो ।
शहरको बाटो, उकालो, र दुर्गम भूभागको यो मिश्रणले मिडिया प्रतिनिधिहरूलाई बीवाईडी एट्टो ३ को अत्याधुनिक ड्राइभिङ फिचरहरू र मजबुत निर्माणको परीक्षण गर्न मौका दिएको छ ।
बीवाईडी एट्टो ३ को मुख्य विशेषता दिगो र नयाँ प्रविधिमा आधारित इन्जिनियरिङ हो। यो एसयूवीमा बीवाईडीको क्रान्तिकारी ब्लेड ब्याट्री प्रविधि प्रयोग गरिएको छ, जसले ब्याट्रीको सुरक्षा, आयु र प्रदर्शनलाई सुधार गर्छ ।
बीवाईडीको डिजाइन दर्शन अनुसार, एट्टो ३ २०२४ संस्करणमा आधुनिक र आकर्षक देखिने ड्रागन फेस ३.० बाहिरी डिजाइनमा समावेश छ। गाडीभित्र ड्राइभर र यात्रुको अनुभवलाई अझ राम्रो बनाउनको लागि आरामदायी र स्टाइलिश इन्टेरियर प्रदान गरिएको छ। यो मोडेलले नेपालको ईभी प्रविधिमा नयाँ मानक भई देशको विभिन्न सडक अवस्था र साहसिक भावना पूरा गर्न सक्षम भएको छ।
‘बीवाईडी एट्टो ३ २०२४ ले केवल बीवाईडीको नवीनताप्रतिको प्रतिबद्धता मात्र होइन, नेपालको हाम्रा ग्राहकहरूका लागि ईभी अनुभव सुधार गर्ने हाम्रो प्रतिबद्धता पनि झल्काउँछ ।
बीवाईडी एट्टो ३ को उत्कृष्ट सुरक्षा, प्रदर्शन, र वातावरणमैत्री दक्षताले यसलाई ईभी बजारको अगुवा र हरित नेपालको हाम्रो दृष्टिको महत्वपूर्ण हिस्सा बनाएको छ,’साईमेक्स इन्कका नेशनल सेल्स हेड अशुतोष गौतमले टिप्पणी दिए ।
कार्यक्रमले नेपालको ईभी पूर्वाधारलाई सुदृढ गर्न साईमेक्स इन्कले गरिरहेका प्रयासहरूलाई पनि उजागर गर्यो। यो पहलको हिस्साको रूपमा, साईमेक्स इन्कले ४३ भन्दा बढी फास्ट चार्जिङ नेटवर्क स्थापना गरिसकेको छ र चाँडै नै देशभर १०० भन्दा बढी चार्जिङ स्टेशन पुर्याउनेछ, जसले ग्राहकहरूलाई भरपर्दो र सहज चार्जिङ विकल्पहरू उपलब्ध गराउनेछ ।
बीवाईडी एट्टो ३ २०२४ को सुरुवातसँगै, बीवाईडी र साईमेक्स इन्कले नेपालमा दिगो अटोमोबाइल क्षेत्रतर्फको परिवर्तनलाई अघि बढाइरहेका छन् । यी गाडीहरूले नेपालको हरित यातायात लक्ष्य पूरा गर्न र वातावरणप्रेमी ग्राहकहरूको बढ्दो अपेक्षा पूरा गर्न सहयोग पुर्याउने छ ।
‘बीवाईडी ड्राइभ टु डिस्कभर’ टेस्ट ड्राइभ कार्यक्रमले नेपाललाई सफा र नयाँ प्रविधिसहितको भविष्यको खोजी गर्न आमन्त्रण गरेको छ।