ह्यातले नेपालमा आफ्नो ब्रान्ड विस्तारका लागि ‘ह्यात रेजेन्सी लुम्बिनी’ खोल्दै
‘ह्यात रेजेन्सी लुम्बिनी’ १७५ कोठाहरूको होटल नेपालमा चौथो ह्यात ब्राण्डको होटल हुनेछ र गोल्यान समूहसँगको दोस्रो होटलको रूपमा परिचित रहने छ ।
शिकागो (नोभेम्बर ५, २०२४) । हयात होटल्स कर्पोरेसनले ह्यातसँग सम्बन्धित एक संस्थाले गोल्यान ग्रुपको एउटा हिस्सा रहेको वेदा होस्पिटालिटी प्राइभेट लिमिटेडसँग हयात रेजेन्सी लुम्बिनीको व्यवस्थापन सम्झौता सहितको घोषणा गरेको छ । यो होटल नेपालमा चौथो हयात ब्रान्ड भएको होटल हुनेछ, जसले दक्षिणपश्चिम एसियाका लागि ह्यातको विस्तार योजनामा नेपाल महत्वपुर्ण स्थान रहेको पुष्टि हुन्छ ।
भगवान बुद्धको जन्मस्थल लुम्बिनी, शान्त र आध्यात्मिक महत्व बोकेकोे नगर हो । लुम्बिनीले संसारभरका यात्रुहरुलाई आकर्षण गर्दछ । विश्व सम्पदा सूचीमा सुचीकृत रहेको स्थान लुम्बिनी ऐतिहासिक सम्पदाहरूको विशाल बगैंचा हो । जसमा अशोक स्तम्भ, विभिन्न गुम्बा र अन्तर्राष्ट्रिय मन्दिरहरू रहेका छन्, जसले विश्वभरका बौद्ध परम्पराहरूलाई प्रतिबिम्बित गर्दै सांस्कृतिक प्ररम्परालाई आदानप्रदान गर्न प्रोत्साहन गर्दछ ।
दानो नदीको मनमोहक किनारमा रहने ‘ह्यात रेजेन्सी लुम्बिनी’ धेरै नै भ्रमण गरिने तीर्थस्थल मायादेवी मन्दिर र अन्य प्रमुख आकर्षणका केन्द्रबिन्दुबाट छोटो दूरीमै हुनेछ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल शहर र नेपाल-भारत सीमाको नजिक ‘ह्यात रेजेन्सी लुम्बिनी’ अवस्थित रहेने भएकाले विश्वभरका व्यवसायिक र मनोरञ्जनका यात्रुहरूलाई सहज रुपमा पहुँच पुर्याउनका निम्ती महत्वपुर्ण योगदान गर्ने छ । हयात रीजेन्सी लुम्बिनी २०२८ सम्ममा खुल्ने अपेक्षा गरिएको छ ।
‘नेपाल दक्षिण-पश्चिम एशिया क्षेत्रमा ह्यातको विकासका लागि बनाइएका रणनीतिहरुमा महत्वपूर्ण भूमिका निर्वाह गर्नका लागि हामी हयात रेजेन्सी ब्रान्डसँग लुम्बिनी प्रान्तमा अन्तर्राष्ट्रिय स्तरको आतिथ्य प्रदान गर्न गोल्यान ग्रुपसँग निरन्तर सहयोगको अपेक्षा गर्दैछौं । लुम्बिनीको प्राचिन सांस्कृतिक र आध्यात्मिक, यसलाई समृद्ध तुल्याउनका नीम्ति ह्यातले जमाएको विरासतले विश्वभरका यात्रु लगायत र स्थानीयहरूको लागि पनि एक आकर्षक गन्तव्यको रूपमा रहन्छ । यसले हयातको संसारभरका महानुभाव, ग्राहक र संञ्तालकको मनपर्ने गन्तव्य रुपमा हाम्रो ब्रान्डको दायरालाई सोचविचार गर्दै विस्तार गर्ने प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछु ।’ भारत र दक्षिण–पश्चिम एशियाका विकासका उपाध्यक्ष ध्रुवा राठौरले भने ।
‘ह्यातसँगको हाम्रो सहकार्यलाई लुम्बिनीमा पहिलो हयात रेजेन्सी ब्रान्डको होटलको उद्घघाटन गर्न पाउँदा अत्यन्तै खुशी छौं, गोल्यान ग्रुपका व्यवस्थापकीय निर्देशक अक्षय गोल्यान भने- ‘गोल्यान हयात रेजेन्सी लुम्बिनीको हाम्रो रणनीति विश्वस्तरीय गन्तव्य सिर्जना गर्नु हो जसले नेपालको आतिथ्य अनुभवलाई उचाइमा पुर्याउँछ र लुम्बिनीको सांस्कृतिक धरोहरको सम्मान र प्रवर्द्धन गर्दछ । हामी विश्वास गर्छौं कि यो होटल लुम्बिनी क्षेत्रको एक महत्वपूर्ण चिन्ह बन्नेछ र नेपालको पर्यटन उद्योग विकासमा प्रमुख योगदान गर्नेछ ।’
ह्यात रेजेन्सी होटल एण्ड रिजोर्टस मानव समुदायका भावनालाई एकै साथ प्रोत्साहित गर्ने गरी डिजाइन गरिएका छन् । आगामी दिनमा नेपालमा स्थापित हुने ह्यात ब्राण्डका होटलहरु आधुनिक डिजाइन र परम्परागत नेपाली पनको मिश्रण सहितका हुने छन्। लुम्बिनीमा विस्तार हुन लागेको ह्यात रिजेन्सी होटलले लुम्बिनी क्षेत्रको सांस्कृतिक धरोहरलाई समर्थन गर्नको लागि ध्यानपूर्वक डिजाइन गरिएको छ ।
११ एकड जमीनमा फैलिएको लुम्बिनी ह्यात रिजेन्सीमा १७५ अतिथि कोठाहरू, सुविधाजनक भोजनका विकल्पहरू, कार्यक्रम र बैठक स्थलहरू, र अन्य सुविधाहरू जस्तै अत्याधुनिक फिटनेस केन्द्र, स्वास्थ्य स्पा, बाहिरी पोखरी, र अन्य मनोरञ्जनका सुविधाहरू रहने छन् ।
हयातको वर्तमान पोर्टफोलियो भारत र दक्षिण–पश्चिम एशियामा ५२ होटलमा समावेश छ, जसमा ५० भारतमा र नेपालमा २ रहेकोमा अन्दाज, अलिला, ह्यात, हायात रिजेन्सी, हायात सेन्ट्रिक, प्लेस पार्क ह्यात लगायतका नौ वटा ब्राण्डहरु रहेका छन् ।