गुगललाई रुसको जरिवाना: गणना गर्नै नसकिने रकम, २० डेलिसियन डलर !
गुगलले प्रतिबन्ध लगाएका रुसी युट्युब च्यानलहरु सञ्चालन गर्न अस्विकार गरेपछि रुस सरकारले निलभन्दा पनि धेरै २ अंकपछि लगातार ३४ वटा शुन्यको रकम अर्थात् २०,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००० डलर जरिवाना तोकेको छ ।
एजेन्सी । विश्वभर लोकप्रिय प्रविधि कम्पनी गुगललाई रुसले अथाह धनराशि माग गर्दै जरिवाना लगाएको छ ।
रुसी च्यानलहरु युट्युबमा ब्लक गरेकोमा जरिवाना तिर्न अस्विकार गरेपछि अमेरिकी कम्पनी गुगललाई रुस सरकारले अथाह रकम बराबरको जरिवाना लगाएको हो ।
जहाँ खर्बपछिको निलभन्दा पनि धेरै २ अंकपछि लगातार ३४ वटा शुन्यको रकम अर्थात् २०,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००० डलर जरिवाना तोकिएको छ । र उक्त रकमको अंकलाई शाब्दिक रुपमा गणना गर्न पनि सकिँदैन ।
यद्यपि जरिवानाको उक्त रकमलाई २० डेसिलियन डलर वा लगभग २० बिलियन ट्रिलियन ट्रिलियन अेरिकी डलरको रुपमा गणना गरिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तर उक्त अंक सामान्यतया दैनिक जीवनमा कारोबार वा गणना हुने गर्दैन । र विश्व अर्थतन्त्रको आकारभन्दा पनि उक्त जरिवानाको रकम धेरै भएको बताइएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषको तथ्यांक अनुसार विश्वको कुल गाह्रस्थ उत्पादन ११० ट्रिलियन डलर रहेको बताइन्छ । जुन अंक रुसले गुगललाई लगाएको जरिवानाभन्दा पनि कम हो। यस्तै गुगलकै पेरेन्ट अल्फाबेटको बजार मूल्य लगभग २ ट्रिलियन डलर छ।
रुसी मिडिया तासका अनुसार यसै साताको सुरुमा रुसी अदालतले गुगललाई युट्युब च्यानल पुन:सञ्चालन गर्न आदेश दिएको थियो । जवकि कतिपय युट्युब च्यानलहरु २०२२ देखि नै प्रतिबन्ध लगाइएको छ ।
यसैबीच रुसी अधिकारीहरुले उक्त जरिवानालाई प्रतीकात्मकताका लागि जरी गरिएको प्रतिक्रिया दिएका छन् । यद्यपि उनीहरुले नै उक्त रकमको आकार उच्चारण गर्न सक्दैनन् । साथै रुसले आफ्ना मिडियाका प्रकाशनहरुमा गुगलले प्रतिबन्ध लगाउन नहुने भन्दैआएको छ ।