ब्ल्याक डेकोरका उत्पादन एकपटक किनेपछि सधैंलाई ढुक्क, २३ सयदेखि नै पाइन्छ घरायसी सामान



काठमाडौं । नेपालमा अमेरिकी ब्राण्ड ब्ल्याक डेकोरका सामानको चौधरी ग्रुप अन्तर्गतको सिजी इलेक्ट्रिकले १५ प्रतिशतसम्मको छुट अफरमा बिक्री गरिहेको छ ।

सिजीले बिक्री गर्ने ब्याक डेकोरका ३० वटा प्रडक्टमा १५० वटा मोडल छ । प्रडक्टमा भएको फरक फरक मोडलसहितमा ब्ल्याक एण्ड डेकोरका सामान बिक्री भइरहेको सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको सिजी इम्पेक्सका बिक्री प्रमुख मनमोहन झाले बताए ।

अमेरिकी एक नम्बरको ब्राण्डमा पर्ने यसका सामानलाई उपभोक्ताले बढी विश्वास गर्ने र एकपटक खरिद गरेपछि जीवनभर ढुक्क हुने घरायसी सामान भएको उनले बताए । यसका उत्पादनमा बजारबाट जति धेरै ग्राहकको माग आउँछ त्यति नै धेरै इनोभेसन हुने गरेको पनि उल्लेख छ ।

ग्राहकको रुची अनुसार गुणस्तरी सामान मात्रै दिने र २ वर्षे वारेन्टी रहेको यसका उत्पादन देशैभर पाइने सिजी इलेक्ट्रोनिक्सको भनाइ छ । यसका सामान खरिदमा कुनै प्राविधिक समस्या नभएको र ग्राहकको शतप्रतिशत सन्तुष्टिसहितमा ब्ल्याक एण्ड डेकोरका सामान बिक्री भइरहेको उनी बताउँछन् ।

ग्राहकले ब्ल्याक डेकोरका सामान किनिसकेपछि कुनै गुनासो रहित २० औं वर्षसम्म चलाउन सकिने उत्पादन भएको कम्पनीको दाबी छ । यसका सामानमा शून्य प्रतिशतको टेक्निकल इरर र शतप्रतिशत ग्राहक सन्तुष्ट भएर सामान खरिद गरिरहेको झाले बताए । यसका प्रोडक्टमा भौतिक क्षतिबाहेक कुनै कमजोरी भएको अवस्थामा ग्राहकले तुरुन्तै त्यसको साटोमा नयाँ सामान लिएर जान पाउँछन् र त्यसो समस्या कम्पनीको लागि अध्ययनको विषय बनाउने गरेको उनले बताए ।

कम्पनीले २ वर्षको लागि वारेन्टी दिएकाले एउटा सामान किनेपछि लाइफटाइफ नै चल्ने दाबी सिजी इलेक्ट्रोनिक्सले बताएको छ। यसलाई ब्राण्डेड सामान भनेर चिनिएकोले बाहिर बसेर आएका नेपाली, यसका उत्पादन बुझेका र सामान खरिदमा वारेन्टीसहितको सुविधाले ग्राहकको रुचीको विषय भएको पनि झाको भनाइ छ ।

ब्याक डेकोरकमा उत्पादनमा सबैजसो प्रडक्ट नेपालीले रुचाएकै कारण यसको बिक्री बढिरहेको उनी बताउँछन् । पछिल्लो समय एयर फ्रायर ग्राहकले धेरै रुचाएको सामान हो । यसका विभिन्न उत्पादन नेपाल बजारमा बिक्री भइरहेको छ । ओयल फिल्ड रेडियटर हिटर (ओएफआर) झ्याल ढोका बन्द भएको बेला पनि चलाउन मिल्ने हिटर हो । यसको प्रयोगमा पनि ग्राहकको रुची देखिएको छ ।

ह्याांगरमै भएको कपडामा प्रयोग गर्न मिल्ने विशेषताका कारण गार्मेन्ट स्टिमरमा पनि ग्राहकको रुची बढ्दै गएको छ । यो नयाँ प्रडक्ट भएकोले ग्राहकको रुची देखिएको बुझाइ सिजी इलेक्ट्रोनिक्सको छ । टाइम सेट गरेर चाहिएकै समयमा तयारी अवस्थामा लिन पाउने कफि मेकर, भ्याकुम, राइसकुकर, आइरन, माइक्रोवेभ ओभन, ब्लेण्डर, कार भ्याकुम, प्रेसर वासरसहितका सामाग्री बेच्दै आएको छ ।

ब्ल्याक एण्ड डेकोरका सामानका खरिद गर्न चाहने ग्राहकको लागि दशैं तिहार अफर चलाएको छ । विगर सेलेब्रेसन एण्ड विगर जोए नामको क्याम्पेन चलाएको छ । यो अफर दशैं तिहारदेखि छठसम्मको लागि रहेकोले अझै ग्राहकले न्यूनतम १५ प्रतिशत छुट अफरहितबाट सेवा लिन सकिने पनि सिजी इम्पेक्सका बिक्री प्रमुख झाले बताए ।


क्लिकमान्डु