टास्ने र जोडने काममा प्रयोग हुने साटो नेपाली बजारमा



काठमाडौं । विश्व वजारमा उपभोक्ताको विश्वास जित्न सफल टास्ने र जोडने काममा प्रयोग हुने साटो पहिलोपटक औपचारिक रुपमा नेपाली बजारमा आएको छ ।

नेपालका लागि यसको आधिकारिक विक्रेता ट्राईनोक्स एडेसिभ प्राइभेट लिमिटेडले आइतबार काठमाडौंमा एक कार्यक्रम गरी साटोलाई सार्वजनिक गरेको हो । कम्पनीले आफ्नो ब्राण्ड एम्बासेडरमा बरिष्ठ हास्यव्यंग्य कलाकार मनोज गजुरेललाई नियुक्त समेत गरेको छ ।

कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक संजय सिंघानीयाले विश्वभरका ग्राहकहरूको मन जित्दै छोटो समयमै लोकप्रिय भएको साटो ब्राण्डले नेपाली उपभोक्तको पनि विश्वास जित्न सफल हुने दाबी गरे ।

भारत, चीन, हङकङ, कतार, दुबई र हाल नेपालसम्म आफ्नो बजार विस्तार गरेको साटो विश्वसनीयता र स्थायीत्वको प्रतिमूर्ति बन्न सफल भएको कम्पनीका निर्देशक एवंम प्रमुख कार्यकारी अधिकृत सुजीत मधोगोरियाले बताए ।

अत्याधुनिक उत्पादन एकाइहरू र उच्चस्तरीय प्रविधिको प्रयोग गर्दै, साटोले मिक्सिंग, ब्लेन्डिंग, र प्याकेजिङका लागि स्वचालित प्रणालीको प्रयोगबाट गुणस्तरीय उत्पादन गर्दै आएको छ । अनुसन्धान र विकासको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै, साटोले टास्न प्रयोग हुने उत्पादनहरूको आविष्कार र सुधारमा निरन्तर काम गरिरहेको छ ।

साटोको उत्पादन श्रृंखलामा एआरसियाएलओ, एक्सट्रिम, ओसिइएन, इलाइट, डलिक्स जस्ता उच्च गुणस्तरीय वुड एडहेसिवहरू रहेका छन् । यी उत्पादनहरू विशेष रूपमा टिकाउ, जलप्रतिरोधी र सहज प्रयोगका लागि डिजाइन गरिएका छन्, जसले विभिन्न प्रकारका सामग्रीहरूलाई मजबुत र दीर्घकालीन बनाउँछ । साटो उत्पादनहरूको विशेषताहरूमा क्रसलिङ्किङ टेक्नोलोजी, २ प्रतिशत अतिरिक्त ठोस सामग्री, उच्च कभरेज, छिटो सेटिङ समय, र डी ३ वाटरपुफ्र समावेश गरिएको छ ।

आफ्ना सामाग्रीको उत्पादन र बजरीकरणसम्मको क्रममा गुणस्तरमा कुनै सम्झौता नगर्ने कम्पनीको दाबी छ । आइएसओ प्रमाणपत्र समेत पाइसकेको साटोले युरोपियन स्टान्डर्ड २०२१ जस्ता प्रमाणपत्रहरू पनि प्राप्त गरेको छ ।


क्लिकमान्डु