युनिलिभर नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख हस्तान्तरण
काठमाडौं । युनिलिभर नेपाल विनाशकारी बाढी र पहिरोका पीडितहरूलाई सहयोग गर्न भन्दै सरकारलाई ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
असोज १० र ११ गते गएको विनासकारी बाढी र पहिरोले नेपालभर निम्त्याएको बाढी पहिरोले निम्त्याएको विपदलाई सहयोग गर्न यक्त रकम हस्तान्तरण गरेको जनाएको छ ।
युनिलिभर नेपालका प्रबन्ध निर्दशक तथा सीईओ अम्लान मुखर्जी र संस्थापक साझेदार रविभक्त श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५० लाखको चेक हस्तान्तरण गरे ।
युनिलिभर नेपाल आफ्नो समुदायमा सकारात्मक प्रभाव पार्ने उद्देश्यबाट प्रेरित छ । यस्ता प्रयासहरू मार्फत, युनिलिभर नेपालले फेरि पनि नेपाली जनताको आवश्यकताको घडीमा साथ दिई समुदायको हित र विकासमा योगदान पु¥याउने आफ्नो प्रतिबद्धता देखाएको छ ।