सहकारी ठगी मुद्दामा बयानका लागि छवीलाल जोशीलाई रुपन्देही लगियो



काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि प्रहरीले रुपन्देही लगेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका जोशीलाई सोमबार प्रहरीले रुपन्देही लिएर गएको हो । बयान सकिएपछि जोशीलाई फेरि पोखरा नै ल्याइने बताइएको छ ।

सहकारीको रकम ठगीबारे छानबिन गर्न बनेको संसद्‍को विशेष छानबिन समितिले जीबी राई र रवि लामिछानेसहित छवीलाल जोशीलाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यसलगत्तै असोज ६ गते जोशी काठमाडौंबाट पक्राउ परेका हुन् ।

काठमाडौंको शंखमुलबाट पक्राउ गरी उनलाई जिल्ला प्रहरी कास्कीको हिरासतमा राखिएको हो । जोशी पनि गोरखा मिडिया प्रालिका एक संचालक हुन् । विभिन्न सहकारीको रकम गोर्खा मिडियामा ल्याएर दुरुपयोग गरेको आरोप उनीमाथि छ ।

जोशीमाथि बुटवलको सुप्रिम सहकारीको रकम पनि अपचलन गरेको आरोप छ । यसका लागि उनलाई बयानका लागि रुपन्देही लगिएको हो । उनीसँगै गोरखा मिडियामा सहकारीको रकम अपचलनमा संलग्न रहेको भन्दै रवि लामिछानेलाई पनि प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।


क्लिकमान्डु