पूर्वगृहमन्त्री गौतम भन्छन्: सहकारीको रकम भ्रष्टाचार गर्नेलाई निर्मम कारबाही गर्नुपर्छ



काठमाडौं । राष्ट्रिय सभा सदस्य तथा पूर्गहमन्त्री बामदेव गौतमले सहकारीको रकम भ्रष्टाचार गर्नेहरुलाई निर्मम तरिकाले कारबाही गर्नुपर्ने बताएका छन् । उनले सहकारीको रकम दुरुपयोग भइरहेकाले अब सहकारीहरुलाई नै बन्द गर्नुपर्ने धारणा राखेका थिए ।

सोमबार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक, मामिला तथा सुशासन समितिको बैठकमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि सरकारले अनुसन्धान गरिरहेको समयमा नेता गौतमको यस्तो भनाइ आएको ह ।

सहकारीले नेपाललाई समाप्त गरेको भन्दै उनले सहकारीाथि भ्रष्टाचार गर्नेमाथि निर्मम तरिकाले कारबाही गर्नुपर्ने बताए । यसका लागि कानुन लागु हुनुपर्ने उनको भनाइ थियो । सहकारी भ्रष्टाचा गर्ने कसैलाई पनि बाँकी छोड्न नहुने उनले बताएका थिए ।

‘नेपाली समाजवादको एउटा रुप हो सहकारी भनेको सहकारीले हामीलाई समाप्त गर‍यो । जहाँसुकै भ्रष्टाचार । सहकारी भ्रष्टाचार गर्ने व्यक्तिहरुलाई निर्मम तरिकाले कारबाही गर्नुपर्छ । कानुन लागु हुनुपर्छ । क–कसले गरेका छन् कोही पनि बाँकी नराखेर अब समाप्त गर्नुपर्छ । सहकारी लागु नै गर्नुहुन्न अब । त्यो बन्द गरिदिनु पर्छ । सहकारीमा दुरुपयोग भइरहेको छ,’ गौतमले भने ।

यस क्रममा उनले जमिन राज्यको मातहतमा नआएसम्म विकास हुन नसक्ने भन्दै नेपालको सम्पूर्ण जमिन राज्यको मातहतमा ल्याउनुपर्ने तर्क गरेका थिए । साथै क्षतिपूर्ति दिएर जमिन राष्ट्रियकरण गर्नुपर्ने उनको भनाइ थियो ।


क्लिकमान्डु